राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण

सदरलाइन संवाददाता १९ फाल्गुन २०७८, बिहीबार १३:४४
 

नेपालगञ्ज : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण भएको छ ।

प्रतिष्ठानका डिन, हाडजोर्नी रोग विशेषज्ञ डा.सागर क्षेत्री (पन्थी) नेतृत्वको चिकित्सक, नर्सको टोलीले कुहिनोको जोर्नीको प्रत्यारोपण सफल गरेको हो । अप्रेसनपछि बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

यसअघि प्रतिष्ठानमा मेरुदण्डको सफल शल्यक्रिया भएको थियो । पछिल्लो समय प्रतिष्ठानमा हाडजोर्नीका बिरामीहरु उपचार गर्न आउने सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।


आईसीयू, भेन्टिलेटर, सिटिस्क्यानसहितको सेवा विस्तार भएपछि प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीहरुको चाप बढेको छ । अहिले एमआरआई मेसिन पनि थपिएपछि प्रतिष्ठानको थप सेवा विस्तार भएको छ ।

एमआरआई मेसिन सेटअप गर्न केही समय लाग्ने प्रतिष्ठानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथ सहकारीद्वारा शेयर सदस्य अभियान तीब्र

१९ फाल्गुन २०७८, बिहीबार १३:४४
नेपालगञ्ज : बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्नो शेयर सदस्य अभियानलाई तिब्रता दिइएको छ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको साना किसान उद्यमी सुढृढिकरण परियोजना मार्फत गठित सहकारीले आफ्नो शेयर सदस्य संख्या अभिबृद्धि गर्ने उदेश्य अभियान सञ्चालन गरेको हो । अभियानमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले उद्यमशिलता […]