डा. धवलको रिहाइको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

सदरलाइन संवाददाता १५ चैत्र २०८१, शनिबार १९:२१
 

नेपालगञ्ज :  बाँके निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.धवलशम्सेर राणाको रिहाईको माग गर्दै उनका समर्थकहरुले नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।

उनी शुक्रबार काठमाण्डौमा दुईजनाको ज्यानजाने गरी भएको हिंशात्मक प्रर्दशनी पछि प्रहरी नियन्त्रणमा परेका थिए । उनी प्रहरी नियन्त्रणमा रहेको प्रतिनिधि सभामा समेत जानकारी गराईएको छ ।


नेपालगञ्जको सुर्खेतरोडमा भएको प्रदर्शन नाराबाजीसहितको धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । धम्बोझीचोकमा प्रदर्शनकारीले टायर बालेर केहीबेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जिल्लास्तरीय आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र पौडेलले पक्राउ परेका नेताहरुलाई बिना शर्त रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

कोणसभामा नेपाल शिवसेनाका महासचिव मंगल जीएम, राजावादी नेता तेजबिक्रम शाहलगायत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार हत्याको बिरोधमा देशभरका पत्रकार अन्दोलनमा

१५ चैत्र २०८१, शनिबार १९:२१
नेपालगञ्ज : शुक्रबार काठमाण्डौमा राजावादीको आन्दोलनका क्रममा पत्रकारको हत्या, कुटपिट, दुव्र्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगा मुढाविरुद्ध बाँकेमा श्रद्धाञ्जली सभासंगै बिरोध सभा गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा नेपालगञ्जको वीपि चोकमा सो कार्यक्रम आयोजना गरिएको हो । काठमाडौंमा भएको घटनापछि पत्रकार महासंघले शनिबार (आज) मनाउने […]

सम्बन्धित

ताजा अपडेट