रोपिएका विरुवाको पुरावलोकन गर्दै कोहलपुर नगर प्रहरी

सदरलाइन संवाददाता २४ श्रावण २०८०, बुधबार १६:५६
 

नेपालगञ्ज : कोहलपुरलाई हरित नगरको रुपमा विकसित गर्ने अभियानअन्तर्गत कोहलपुर नगरपालिकाका बिभिन्न स्थानमा रोपिएका विरुवाहरुको अवलोकन, अनुसन्धानमा कोहलपुर नगर प्रहरी लागि परेको छ ।

यसअघि रोपिएका विरुवाको अबस्था र उक्त स्थानमा के गर्ने भन्ने विकल्प बुझदै गएको नगर प्रहरीको टोलीले रोपिएका विरुवाहरुको पुनरावलोकन गर्न कोहलपुर १० को हाईस्कुल चोकदेखि पश्चिमतर्फ शुरु गरेको हो ।

यसअघि स्थानियबासिहरुले आफना आफन्तको सम्झनामा स्वतस्फुर्तरुपमा रोपिएका विरुवाहरु तीन बर्ष हुँदासम्म पनि राम्रोसंग नफस्टाएको, मरेको, माटो तथा वातावरण सुहाउँदो विरुवा नभएको पाईए उक्त विरुवालाई त्यहाँवाट बिस्थापित गराई नयाँ विरुवा रोपिने भएको छ ।

हाईस्कुल चोक देखि पश्चिम ५०० मीटरभित्र रोपिएका कयौं विरुवाहरु ठुलो क्षेत्रफल ओगटने, बातावरणिय भिजिबिलिटीलाई समेत असर गर्ने खालका भएकाले उक्त विरुवाहरुलाई अन्य टाउमा स्थानान्तरण गरि कम क्षेत्रफल ओगटने र आर्कषक विरुवा लगाईने नगर प्रहरी प्रमुख वीर बहादुर थापाले कोहलपुर टाईम्सलाई बताए ।


उक्त क्षेत्रमा ५० प्रतिशत गोलाईचि, निम, शित्तलचिनी, पिपल बर जस्ता विरुवा लगाईएको छ भने उत्तल विरुवासमेत राम्रोसंग फस्टाउन सकेका छैनन् ।

विरुवा फस्टाउन नसकेका र ठुलो आकारसम्म फैलिने विरुवा बिस्थापन गरि छतिवन, कोनोकार्पस, करभिर, बेगनवेली, कपुर जस्ता विरुवा रोपिने भएको छ ।

आज बुधवार विहान नगर प्रहरी प्रमुख, मालि, सरसफाईकर्मी स्थानियहरुले उक्त स्थानको अवलोकन गरि राख्न मिल्ने विरुवाहरुलाई गोडमेल गर्ने र बिस्थापित गर्नपर्ने विरुवा विस्थापित गरि नयाँ विरुवा रोप्ने बारेमा छलफल भएको थियो भने रोपिएका विरुवाको संरक्षण गर्ने जिम्मा स्थानियहरुलाई जिम्मा दिने सहमती भएको थियो ।

छलफलमा स्थानिय सोनु थापा, लुट बहादुर खत्रि,ध्रुबराज बुढाक्षेत्री, प्रमोद रिजाल, नगर प्रहरी प्रमुख वीर वहादुर थापा लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । यो अभियान नगरभरी नै यसअघि रापिएका विरुवा भएका स्थानहरुमा जारी रहने थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध हतियारसहित बाँकेमा २ जना पक्राउ

२४ श्रावण २०८०, बुधबार १६:५६
नेपालगञ्ज : कोहलपुरमा अवैध हतियार सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, कोहलपुर नगरपालिका वडा नं. १३, सिम्री बस्ने बर्ष ३८ को शेर बहादुर खत्री, सोही ठाउँ बस्ने बर्ष को ३८ को लाल बहादुर पजभैया रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, कोहलपुर बाँके र सब […]

सम्बन्धित