खजुरा अस्पतालले स्थानीयलाई ओपिडी सेवा निःशुल्क दिने

सदरलाइन संवाददाता २५ फाल्गुन २०७८, बुधबार १५:१९
 

नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाका स्थायीबासीलाई ओपिडी सेवा निःशुल्क दिने भएको छ । नवनियुक्त अस्पताल विकास समितिले खजुरा गाउँपालिकाबासी विरामीलाई ओपिडी सेवा निःशुल्क दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले जानकारी दिए ।

अस्पताल स्थापनाका लागि खजुराबासीले आर्थिकरुपमा ठूलो सहयोग गरेको स्मरण गर्दै अध्यक्ष थापाले अस्पतालले ओपिडी सेवा निःशुल्क गर्दै आफ्नो नैतिक जिम्मेवारी निर्वाह गरेको बताए ।


अस्पताल स्थापनाका लागि आयोजना गरिएको महायज्ञमा खजुराबासीहरुले आर्थिक सहयोग गरेका थिए । नवनियुक्त विकास समितिले बुधवार पदभार ग्रहण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट ब्राउन सुगरसहित २ जना पक्राउ

२५ फाल्गुन २०७८, बुधबार १५:१९
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट प्रहरीले लागुऔंषध ब्राउनसुगर सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्दनाथ नगरपालिका ५ का ३२ वर्षका बिष्णु रावत र तातोपानी गाउँ पालिका ३ का २२ वर्षका भरत रावत रहेको जमुनाहा प्रहरीका इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिए । उनिहरुको साथबाट प्रहरीले ३ ग्राम ब्राउन सुगर […]