प्लानको सहयोगमा बाँके युनेस्कोद्वारा बर्दियामा सञ्चालित ‘सुरक्षा परियोजना’ बारे जानकारी

सदरलाइन संवाददाता २९ फाल्गुन २०८१, बिहीबार १४:५१
 

राजापुर (बार्दिया) :  प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा सम्पन्न गरेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा प्रमुख सरोकारवालाहरूलाई दिनु रहेको थियो ।

प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीको विशेष उपस्थिति तथा राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा समन्वय तथा जानकारी बैठक सम्पन्न भएको हो ।


कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ४, ६, ८ र १० का वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो ।

बैठकका क्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीले संस्थाको कार्यपद्धति, विषयगत क्षेत्रहरू, राजापुर नगरपालिकामा सञ्चालित समग्र कार्यक्रमहरू र लक्षित बालबालिकाहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेकी थिईन । उनले ’सुरक्षा परियोजना’ का उद्देश्य, गतिविधि र प्रतिफलहरू बारे समेत विस्तारमा प्रकाश पारिन ।

यस कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिशा थारुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा उपमेयर चौधरीले बालबालिका बेचबिखनको रोकथाम तथा बालबालिकाको गुणस्तरीय र समावेशी शिक्षा प्रवद्र्धनका लागि राजापुर नगरपालिकाले पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुनः मुख्यमन्त्री आचार्य

२९ फाल्गुन २०८१, बिहीबार १४:५१
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरे । असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा […]