‘फगिङ’ स्वास्थ्यका लागि ‘घातक’, प्रयोग नगर्न आग्रह

३० भाद्र २०७६, सोमबार १६:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डेंगु नियन्त्रणका लागि धुवाँउने विषादी ‘फगिङ’ मानव स्वास्थ्यका लागि घातक भएकाले प्रयोग नगर्न सुझाव दिएको छ । परिषद्ले सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी फगिङले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै डेंगु रोगबाहेक लामखुट्टेका प्रजातिको संख्या नरोक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ ।
डेंगु नियन्त्रणका लागि जैविक विधि, प्रजनन् स्थान र क्षमतालाई प्रभावित पार्ने तथा खोज र नष्ट अभियाननै प्रभावकारी हुने परिषद्ले जनाएको छ । डेंगु रोगबारेको चेतना र ज्ञानको अभिवृद्धि नै अहिलेको प्रमुख आवश्यकता भएको परिषद्को भनाई छ । १३ प्रतिशत मानिसलेमात्र डेंगु रोकथामको उचित उपाय अपनाएको पाइएको छ ।
पहाडी जिल्लाका १६ र तराईका ५३ प्रतिशत मानिसमा डेंगु रोगबारे जानकारी भएपनि रोकथामका उपायबारे पहाडी जिल्लाका मानिस बढी सचेत रहेको परिषद्ले जनाएको छ । कार्यक्रममा अनुसन्धान परिषद्का प्रमुख डा. अञ्जनीकुमार झाले डेंगु रोग नियन्त्रण हुन नसके यसले महामारीको रुप लिने डर रहेको बताए ।
अहिलेनै भयावह हुनुपर्ने अवस्था नरहेको भन्दै डा. झाले आफ्नो घरको सरसफाइमा दिनको एक घन्टा समयमात्र दिए संक्रमण रोकथाम गर्न सकिने बताए । डेंगुका कारण हालसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Next Post

दुई प्रदेशका सदस्यहरुबीच अनुभव आदानप्रदान

३० भाद्र २०७६, सोमबार १६:३८
सदरलाइनडटकम, बुटवल : प्रदेश नं. ५ का प्रदेशसभा सदस्य र सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुबीच अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेशसभा सचिवालयमा सोमवार आयोजित कार्यक्रममा दुई प्रदेशसभाका सदस्यहरुबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । यही भदौ २८ गतेदेखि अन्तर प्रदेश अनुभव आदानप्रदानका लागि निस्किएको सुदूरपश्चिम प्रदेशसभा सदस्य […]