सदरलाइनडटकम,
नेपालगञ्ज : सडक दुर्घटनामा परी बाँकेमा ६ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा शनिवार बिहान हाईस बस र ट्रक एकापसमा ठोक्किँदा चार जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि कोहलपुर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले बताए ।
दुर्घटनामा १७ जना घाईते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाईस बस र कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक बिहान करिब सवा ९ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका ९ जिरो भन्ने स्थानमा मुगुवा खोला नजिक एकापसमा ठोक्किएका हुन् ।
घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Next Post
बाँकेको सडक दुर्घटनामा मृतक सबै छ जनाको सनाखत
२० आश्विन २०७५, शनिबार ११:००
सम्बन्धित
-
११ असार २०७६, बुधबार १९:०१
महिला टी ट्वान्टीको उपाधि एपीएफको पोल्टामा
-
१० असार २०८०, आईतवार १४:३६
लागूऔषधसहित भारतीय नागरिक पक्राउ
-
१३ चैत्र २०७७, शुक्रबार १३:५५
कोरोनाको दोस्रो लहर शुरु भएपछि बाँकेको सीमा नाकामा कडाई l
-
१० असार २०७७, बुधबार १३:५७
कोरोना कहर : बाँकेमा ११ थपिए बर्दियामा १
-
२ फाल्गुन २०७९, मंगलवार १३:३७
अझै आएन खडकवारको मत्ता हात्ती नियन्त्रणमा
-
२८ असार २०८०, बिहीबार १४:४८
बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ