बाँकेमा ५ जना बन्दकर्ता पक्राउ

सदरलाइन संवाददाता १६ फाल्गुन २०७८, सोमबार १४:१७
 

नेपालगञ्ज : बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन। संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ।


नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले सोमबार नेपाल बन्द आह्वान गरेका छन्। ६ कम्युनिष्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा बन्द गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मान्छे खान पल्किएको बाघ नियन्त्रणमा लिनै मुस्किल

१६ फाल्गुन २०७८, सोमबार १४:१७
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा मान्छे खान पल्किएको बाघ नियन्त्रणमा लिनै मुस्किल परेको छ । बाघलाई खोज्न एक हप्तादेखि हात्ती परिचालन गरिएको छ । बाघलाई नियन्त्रणमा लिन आहार भैँसीको पाडा राखिएको छ । तर पाडा राखिएको नौं दिन वितिसक्दा समेत बाघले खाएको छैन् । हात्तीको सहायताले बाघको खोजी गरिए पनि […]