नेपालगञ्जबाट ब्राउन सुगरसहित २ जना पक्राउ

सदरलाइन संवाददाता २५ फाल्गुन २०७८, बुधबार १६:२८
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट प्रहरीले लागुऔंषध ब्राउनसुगर सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्दनाथ नगरपालिका ५ का ३२ वर्षका बिष्णु रावत र तातोपानी गाउँ पालिका ३ का २२ वर्षका भरत रावत रहेको जमुनाहा प्रहरीका इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिए ।

उनिहरुको साथबाट प्रहरीले ३ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । उनिहरुको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्ने क्रममा भरतको मुखमा लुकाइराखेको अबस्थामा ब्राउनसुगर बरामद भएको हो ।


जमुनाहा प्रहरी चौकी र लागु औंषध नियन्त्रण ब्युरोको टोलीद्वार पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति, ६ मार्गबाट सर्वसाधारणको उद्धार हुँदै

२५ फाल्गुन २०७८, बुधबार १६:२८
एजेन्सी : रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति भएको छ । स्थानीय समयअनुसार आज बुधवार बिहान ९ बजेदेखि भाेलि बिहीवार बिहान ९ बजेसम्म युद्धविराम गर्ने सहमति भएको युक्रेनका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । यो युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित क्षेत्रबाट भाग्न समय प्राप्त भएको छ । […]