बाँकेमा लागूआौषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको अभियान

सदरलाइन संवाददाता २ जेष्ठ २०८१, बुधबार १९:४५
 

नेपालगञ्ज : बाँके प्रहरीले लागूआौषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान आजदेखि सुरुवात गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडी कानूनी कारबाहीलाई तीब्रता दिने उद्देश्यले सुरु गरेको अभियान डेढ महिनाको रहने बाँके प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

सो अभियानका लागि नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, बाँकेबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा जिल्ला प्रहरी,कार्यालय, बाँकेका प्रहरी उपरीक्षक तुल बहादुर कार्की र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खडकाले हस्ताक्षर गरेका हुन ।


लागूऔषध दुव्र्यसन पीडितलाई समाजमा पुनर्स्थापना गर्ने, लागूऔषध विरुद्ध सरोकारवाला निकायबिच सहकार्य गरी अगाडि बढ्ने समुदाय प्रहरी साझेदारीलाई प्रबर्दन गरी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य राखिएको प्रनाउ डाँगीले जानकारी दिए ।

सम्झैतापत्रमा नेपालगञ्जका फार्मेसी तथा औषधि पसलहरुको अनुगमन गरी कारबाही गर्ने, दुवर््सनी जोखिम स्थान र व्यक्तिहरुको पहिचानर अभिलेख राख्न लागु पदार्थ चेकजाच किटको व्यस्थापन गरी प्रभावकारी चेकजांचको ब्यबस्था मिलाउने, सीमानाका तथा शंकित स्थानमा निगरानी गर्ने लगायतका कार्यक्रम गरीने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ताबिनाको काँग्रेस सोच्न पनि सकिदैन : एमाले महासचिव पोखरेल

२ जेष्ठ २०८१, बुधबार १९:४५
नेपालगञ्ज : एमाले महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस सत्ता प्राप्तीका लागि अनेकन हथकण्डा अपनाउने गरेको बताएका छन् । उनले एमाले बाँकेको नवौं जिल्ला अधिवेशनको शुक्रवार नेपालगञ्जमा उदघाटन गर्दै कांग्रेसले सत्ता बिना तीन महिना पनि धैर्य गर्न नसकि विभिनन्न हथकण्डा अपनाउने गरेको बाएका हुन । उनले सत्ता विनाको काँग्रेसका बारेमा सोच्न […]