बाँके आइतवार ४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ११ पुष २०७८, आईतवार १४:४३
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९३ वटा नमुना परीक्षण गर्दा थप चारजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १३ र मेडिकल कलेज कोहलपुुरमा ४२ नमुना परीक्षण गर्दा बाँकेका एकसहित चारजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।


बागेश्वरी प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन् । बाँकेमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ९३ पुगेको छ ।

यस्तै थप तीन जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाका किसान बगर खेतीको तयारीमा

११ पुष २०७८, आईतवार १४:४३
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाका किसानहरु वगर खेतीको तयारीमा जुटेका छन् । बगर खेतीका लागि पुसबाट बीउ रोप्न सुरु हुन्छ । त्यसैले अहिले किसानहरु बगर खेतीको तयारीमा जुटेका हुन्् । कतिपय किसानहरुले खाल्डा बनाइसकेका छन् । कतिपयले रोपेका तरबुजा, खरबुजाका बिरुवा उम्रिन शुरु भएका छन् । कतिपयले बगरमा सखरखण्ड, आलु, […]