बाँके र बर्दियामा ‘म खाँदिन’ भ्रष्टाचारविरुद्ध अभियान

२३ भाद्र २०७४, शुक्रबार १८:४०
 

सदरलाइनडटकम 
२३ भदौ, नेपालगन्ज : भ्रष्टाचारविरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले सञ्चालनमा ल्याईएको ‘म खाँदिन अभियान’ बाँके र बर्दियामा भ्रष्टाचारविरुद्ध हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । सो हस्ताक्षर अभियानमा विभिन्न नागरिक समाजको सहभागितामा रहेको थियोे ।
नेपालका ३४ जिल्लामा सो अभियान एकै पटक सञ्चालन भएको कार्यक्रम नेपालगन्ज उद्योग बाणिज्य संघबाट भ्रष्टाचारविरुद्धका विभिन्न प्लेककार्डसहित त्रिभुुवनचोक हुुदै निकालिएको र्याली जिल्ला प्रशासन कार्यालयमा पुुगी कोण सभामा परिणत भई भ्रष्टाचार विरुद्ध हस्ताक्षर कार्यक्रमम भएको थियो ।
सांसद देवराज भार, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरले हस्तारक्षर गरि आफना कार्यालयमा भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जाहेर गरे ।
त्यसैगरी सहायक प्रमुुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिहं थारु, नेपाल बार जिल्ला अदालतका अध्यक्ष उदयराज बर्मा, नेपाल बार उच्च अदालतका अध्यक्ष बलबहादुर चन्द, इन्सेका क्षेत्रीय संयोजक भोला महत, हिमराईट्सका क्षेत्रीय संयोजक प्रकास उपाध्याय, महिला, कानुुन र विकास मञ्चका सुुनिल श्रेष्ठ, बासका नमस्कार शाह, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले हस्तारक्षर गरि भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए ।
यसैबीच बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका कार्यालयमा पनि भ्रष्टाचारविरुद्ध हस्ताक्षर कार्यक्रम मनाइएको छ । सो कार्यक्रमका प्रमुुख अतिथि बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपाकुुमारी गौतमले भ्रष्टचारमुुक्त भए मात्रै देश विकास हुुनेमा जोड दिईंन । बढैयाताल गाउँपालिका कार्यालयका कार्यकारी अधिकृत बन्दना कर्णले जनप्रतिनिधि आएपछि कार्यालयमा काम गर्ने वातावरण सहज भएको र आफ्नो कार्यालयलाई भ्रष्टचारमुुक्त बनाई सुुशासन कायम गर्नुु पर्नेमा जोड दिईन ।
सो कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं.१ का अध्यक्ष शेरबहादुुर थापा, वडा नं.२ का अध्यक्ष काजिमान सुुनार, वडा नं.३ का अध्यक्ष दुुर्गाप्रसाद पराजुुली र वडा नं.७ का अध्यक्ष इन्द्रप्रसाद लुुइटेलले भ्रष्टचारविरुद्ध हस्ताक्षर गरि आफना कार्यालयलाई सुुशासनमय वडा बनाउने प्रतिबद्धता समेत गरेका थिए ।
भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारीमा हातेमालो गरेर देशलाई भ्रष्टचारमुुक्त बनाउन यो अभियान सन्चालन गरिएको सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जानकारी गराए ।

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत्तोलन एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा

२३ भाद्र २०७४, शुक्रबार १८:४०
सदरलाइनडटकम  २३ भदौ, नेपालगन्ज : नेपालगन्जमा आगामी वर्ष आयोजना गरिने आठौ राष्ट्रिय खेलकुद प्रतियोगीलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि आवश्यक पूर्वधारको निर्माण तीब्रगतिमा अघि बढेको छ । २०७५ सालमा नेपालगन्जमा गरिने सो प्रतियोगिताको लागि ८७ लाख रुपैयाको लागतमा नेपालगन्जमा निर्माण भईरहेको भारत्तोलन एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा पुगेको शुक्रबार नेपालगन्जमा मध्यपश्चिम […]