सदरलाइनडटकम नेपालगन्जः नेपालगन्जमा आइतवार बिहान अटोरिक्सा दुर्घटना हुँदा त्यसमा सवार सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था घम्भीर छ । नेपालगञ्जदेखि रुपईडिहातर्फ जाँदै गरेको भे १ ह २७३१ नम्बरको अटोरिक्सा बिहान ६ बजे चौलिक्का चोकमा कुकरसंग ठोक्किएर पल्टिँदा सात जना घाइते भएका हुन ।
दुर्घटनामा दैलेख–दुल्लु नगरपालिका वडा नं.४ बस्ने ५१ वर्षीय शेरबहादुर बिक, सोही ठाउँ निवासी २० वर्षीया सुमित्रा बिक गम्भीर घाइते भएका छन् भने दुल्लुका १० वर्षीय बिक्रम बिक, २२ वर्षीय सुमत बिक, ९वर्षीया सुनिता बिक, १ वर्षकी बालिका बिद्या बिक र १७ वर्षिय वर्षीय रत्न बिक सामान्य घाइते भएका छन् ।
घाइते सबैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको र अटोरिक्सा चालक सिमा प्रहरी कार्यालय जयसपुरको नियन्त्रमा रहेको प्रहरीले बताएको छ ।
Next Post
कमजोर नठान्न अमेरिकालाई टर्कीको चेतावनी
२७ श्रावण २०७५, आईतवार १४:१८
सम्बन्धित
-
२१ माघ २०७६, मंगलवार १९:२८
नर्सिङ्ग पेशामा प्रवेश गर्ने लक्ष बोकेकी ईशा
-
२३ भाद्र २०७८, बुधबार १५:४७
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै, बाँके अझै निरक्षर
-
१० फाल्गुन २०८०, बिहीबार १३:५३
बाँकेमा ट्राफिक सप्ताह शुरु
-
५ पुष २०७७, आईतवार १६:५१
प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले दिए राजीनामा
-
१७ आश्विन २०७९, सोमबार १२:४४
नरैनापुरका अध्यक्ष शाहद्वारा दशैंको शुभकामना व्यक्त
-
७ पुष २०८०, शनिबार १८:२०
बाँके र बर्दियाका व्यापारीले गरे विरोध सभा