एमाले जानकीद्वारा १४ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक

सदरलाइन संवाददाता १६ बैशाख २०७९, शुक्रबार १९:५९
 


जानकी (बाँके) : नेकपा एमालेबाट जानकी गाउँपालिकामा अध्यक्षका उम्मेदवार हिमांशु यादवले आफुले निर्वाचित भएमा पहिलो प्राथामिकता आफ्ना पालिकाको छोरीहरुलाई साक्षर र शिक्षित बनाउने बताएका छन् ।

शुक्रबार १४ बुँदे प्रतिबद्धता पत्रलाई सार्वजनिक गर्दै उनले छोरीहरुको शिक्षालाई प्राथामिकतामा राखेर उनीहरुको शैक्षिक स्तरलाई बृढि गर्नमा आफ्नो जोड रहने बताउदै उनले भने,‘समय परिवर्तन हुँदैछ । सोही परिर्वतन अनुसार हाम्रा छोरी र उनीहरुको अभिभावकमा पनि विस्तारै छोरी शिक्षित हुुनुपर्छ भन्ने चेतानाको विकास हुँदै गईरहेको छ । तर अझै ंपनि पुराना सोंच भएकाले आफ्ना नानीहरुलाई शिक्षाको अधिकारबाट बञ्चित गराएको हुनाले त्यस्ता छोरीहरुको शिक्षामा मेरो जोड रहने छ ।’

सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक संरचनाहरुको विकास, किसानले मूल्य बनारीकरण, महिला तथा बालबालिका, अझैं विशेष त युवा रोजगार, त्यसैगरी खेलकुुद आदीलाई प्राथामिकतामा राखेका छन् ।

सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रतिबद्धता पत्रमा घरेलु महिलालाई उद्यमशिलताका लागि सीप प्रदान गरेर उनीहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने कुरालाई समेटिएको छ । त्यसैगरी सबै वार्डहरुमा जेष्ठ नागरिकका लागि दिवा सेवा भवनको निर्माण गरेर जेष्ठ नागरिकलाई सहयोग गरिने कुरा पनि समेटिएको छ । यसका साथै शिक्षामा पनि सामूदायिक र मदरसामा कक्षा १२ सम्म अनिर्वाय र निशुल्क कम्यूटर शिक्षा प्रदान गरिने कुरा उल्लेख गरिएको छ ।

भूमीहीनहरुको पहिचान गरी उनीहरुलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिने कुरा पनि उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा समावेश गरिएको छ । यसका साथै सबै नागरिकको स्वास्थ्य बिमा गरिने कुरा पनि उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । मुटु रोगी बालबालिकालाई उपचारका लागि १ लाखसम्म सहयोग गर्नेे छ । १४ ओटा बुँदामा तयार पारिएको उक्त प्रतिबद्धता पत्रमा किसान परिचय पत्रदेखि युवा रोजगार हुँदै पर्यटन प्रवद्र्धनका विषयहरुलाई समेत समेटिएको छ ।

पार्टी केन्द्रीय सदस्य दिपा शर्मा, प्रदेश कमिटी सदस्य पदम धिताल, गोपी बुढा, हलिम शाह, जिल्ला उपाध्यक्ष डिल्ली विसी, सोही पालिकाबाट उपाध्यक्षको उम्मेदवार तथा पार्टीका जिल्ला उपसचिव भुमिसरा धिताल, विभिन्न वडामा वडा अध्यक्षका उम्मेदवारलगायतको उपस्थितिमा सो प्रतिबद्धतापत्र सार्वजनिक गरिएको कार्यक्रमको सहजिकरण किशोर थापाले गरेका थिए ।

एमाले जानकी गाँउपालिका यस्ता छन् प्रतिबद्धता

क्षमता विकास तथा सामाजिक न्याय
१.गाउँपालिका क्षेत्रका विपन्न परिवार, अल्पसंख्यक दलित, मुस्लिम, पीछडावर्ग र महिला आफूले आफ्नो आयआर्जन र सीप विकासका लागि रोजेको विषयमा क्षमता विकास, नेतृत्व विकास र सीप विकासका तालिम र प्रशिक्षण प्रदान गरिने छ ।
२. हाम्रो पालिका औद्योगिक प्रतिष्ठानको विशेषक्षेत्रको रुपमा भएको छ । त्यस कारण औद्योगिक मदजुर र दक्ष जनशक्ति विकासका लागि औद्योगिक संख्याको मागका आधारमा बेरोजगार जनशक्तिलाई क्षमता विकास तालिम र प्रशिक्षण प्रदान गरेमा स्वदेशमा रोजगारीको अवसर प्रदा नगरिने छ ।
३. युवावर्गलाई विकासको मुलधारमा जोड्दै उपभोक्ता समितिहरु व्यवस्थापकीय क्षमता विकास गरिने छ ।
४. घरेलु महिलालाई उद्यमशीलताका लागि विषयगत उद्यमशील सीप प्रदान गरिने छ । यस प्रकारका महिलाले उत्पादन गरेका वस्तुको खरिद गर्ने बजारीकरण गर्ने काम गाउँपालिकाले गर्ने छ ।
५. सबै प्रकारका विषय निर्माणमा मधेसी, मुस्लिम, पीछडावर्ग र दलितलाई सेवा र अवसरमा सकारात्मक विभेदनको नीति समेत अवलम्बन गरिने छ ।
६.समाजमा उत्कृष्ठ योगदान पुराउने सबै वर्ग पेसामा रहेका व्यक्तिलाई सम्मान गरिनेछ ।

जेष्ठ नागरिक
१. गाउँपालिकाका ५० वर्ष माथि पुगेका जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्ये नजर गर्दै आकस्मिक बिरामी बाहेक अनिवार्य रुपमा हरेक ३ महिनामा १ पटक घरमै स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
२. सबै वार्डमा जेष्ठ नागरिकका लागि दिवा सेवा आधुनिक जेष्ठ नागरिक भवनको निर्माण गरिनेछ ।
३. जेस्ठ नागरिक सम्मान कार्यक्रम नीति लिईनेछ ।

भुमिव्यवस्था
१. गाउँपालिकाभित्र रहेको अव्यवस्थित वसोबासी, सुकुम्बासी, ऐलानी प्रतितथा घरबास मिनाहा जग्गा भोगचलन गरी आएका व्यक्तिहरुको हकमा छानबिन गरी जग्गाधनि प्रमाण पुर्जा उपलब्ध गराईनेछ ।
२. भुमिहिन रहेका नागरिकलाई व्यवसायीक रुपमा उत्पादनका काम गर्न चहाने नागरिकलाई भाडामा भूमिको व्यवस्थाका लागि सहजीकारण गरिने गरिनेछ ।
३. उत्पादन योग्य जमिनको खण्डिकरण र जथाभावी प्लटिङ्ग व्यवस्थित गरिने छ ।

शिक्षा
१. सामुदायिक विद्यालयवाट अध्ययन गरेका उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुलाई ल्यापटप प्रदान गरिने छ ।
२. पालिकामा अध्यनरत ११ कक्षा माथिका छात्राहरुलाई साइकल उपलब्ध गराईने छ ।
३. पालिका भित्र सबै वडामा कक्षा १२ सम्मको अध्ययन, अध्यापन २०७९ साल भित्रनै सुरुवात गरिने छ ।
४. गाउँपालिका अन्तर्गत सबै वडाका सामुदायिक विद्यालय र मदरसामा कक्षा १२ सम्म अनिवार्य र निशुल्क कम्प्युटर शिक्षाको पढाई गराइनेछ ।
५. गाउँपालिकाका उत्कृष्ट छात्र र छात्रालाई प्राविधिक विषयमा स्नातकतह सम्म अध्यनका लागि विशेष छात्र वृद्धि प्रदान गरिनेछ ।
६. सबै विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गरिनेछ ।
७. शिप मुलक शिक्षा र बालमैत्री शिक्षा प्रणाली अवलम्बन गरिनेछ ।
८. सबै विद्यालय र मदरसामा स्वच्छ खानेपानी र बालमैत्री शौचालय अनिवार्य निर्माण गरिनेछ ।
९. अनिवार्य रुपमा अंग्रेजी शिक्षाको पढाई सुरुवात गरिन्छ ।
१०. प्रत्येक विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था गरिनेछ ।
११. प्रत्येक ३ महिनामा १ पटक विद्यालयमा स्वास्थ्य सिविर संचालन
१२ सबै विद्यालयहरुमा इन्टरनेटको सेवा विस्तार गरिनेछ ।
१३ गरिव, दलित तथा जेहेन्दार विद्यार्थीको हकमा उच्च शिक्षा अध्ययनमा सहयोग गरिनेछ ।
१४. संस्थागत र सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई समान खालको अनुशिक्षण तथा शिक्षण सिकाई विधिका विषयमा तालिम प्रदान गरिने छ ।
१५ विद्यालयहरुका भवनको आवश्यकताका आधारमा प्रयाप्त रुपमा सबै विद्यालयमा भवन निर्माण गरिने छ ।


स्वास्थ्य
१. गाउँपालिकाका सबै नागरिकलाई सहजहुने स्थानमा ५० सैयाको सुविधा सम्पन्न अस्पताल ५ वर्षमा निर्माण गरिनेछ । गाउँपालिकाका सबै वार्डहरूमा एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।
३. गाउँपालिका भित्र रहेकाका सबै सुगर, प्रेशर, अखा, दाद, पाठेघरका विरामीलाई निशुल्क घरमै स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
४. पालिकाका सबै नागरिकको स्वास्थ्य विमा गरिने छ र घर घरमै स्वास्थ्य बिमा कार्यक्रम लागु गरिनेछ ।
५. दुर्व्व्यसन मुक्त पालिका बनाउनको लागि अभियान चलाइनेछ ।
६. मिर्गौला पीडितको लागि नियमित डायलासिस गर्नु पर्ने बिरामीको लागि रु. १ लाख सम्म सहयोग गरिनेछ । साथै मिर्गौला प्रत्यारोपनका लागि रु.१ लाख सम्मको सहयोग पनि प्रदान गरिने छ ।
७. बालवालिका मुटुको भल्वको उपचारका लागि रु १ लाख सम्म सहयोग गरिने छ ।

पूर्वाधार
१. गाउँपालिका वडामा हुने बिवाह, बर्तबन्ध जस्ता क्रियाकलापलाई गर्न सहज बनाउन प्रत्यक वडामा सामुदायिक भवन निर्माण गरिने छ ।
२. गाउँपालिकाको गनापुरको पिप्रहवा चौक देखि शादतपुर सिगाउ हुदै साईगाउँको शिवपुरी सम्म पक्की बाटो निर्माणलाई निरन्तरता गरिनेछ ।
३. सेवा सुलभताको लागि सबै वार्डहरु केन्द्र बिन्दुमा राखी प्रशासनिक भवन निर्माण गरिनेछ ।
४. गाउँपालिकाका सबै वस्तिहरुमा विद्युत् सेवा प्रदान गरिनेछ ।
५. सबै ग्रयाबल बाटोहरु स्तर वृद्धि गरी कालो पत्रे गराइनेछ ।
६. घरवार विहिन सबै नागरिकलाई आवासका लागि ५ वर्ष भित्रमा जनता आवास कार्यक्रम संचालन गरीवासको व्यवस्था गरिनेछ ।
७. गाउँपालिकाको साईगाउँ देखि जोगागाऊँ नेवाजिगाउँ बन्जारेगाउँ राम्वापुर गुरुवागाउँ हुदै कोहलपुर नगरपालिका सम्म जोड़ने सडक स्तरीय कालो पत्रे गरिनेछ ।
८. प्रत्येक वडादेखि सदरमुकाम जोड्नको लागि कम्तिमा २ ओटा पक्की सडक निर्माण गरिने छ ।
९. फुसको छाना रहित पालिका निर्माण गरिनेछ ।
१०. हाम्रो समुदायको बस्ती बसोबासलाई मध्ये नजर गर्दै घनाबस्तीमा आवश्यकता अनुसार ढल निकास सहित आरसीसी र पिसिसी बाटो निर्माण गरिनेछ ।
११. शादत पुर देखि भैयापुर सम्मको सडक कालो पत्रे गरिनेछ ।
१२. बनियागाउँ देखि गुरुवागाउँ हुदै गौरीनगर चतुवा खजुरा गाउँपालिका जोड्ने सडक निरन्तर दिइने छ । यसलाई सडक कालो पत्रे निरन्तर दिइनेछ ।
१३. मानपुर देखी रांझा सम्मको सडक कालो पत्रे गरिनेछ ।

कृषि तथा सिचाई
१. व्यावासिक कृषि पेशा गर्ने किसानको लागि ५० युनिट सम्म विद्युत निशुल्क प्रदान गरिने छ (बत्तिको शुल्क पालिकाले व्यहोर्ने छ) । गाउँपालिकामा एउटा ब्रिउ संकलन तथा प्रसोधन केन्द्र निर्माण गरिनेछ ।
३. व्यावसायिक पशु बिमा निशुल्क गरिने छ ।
४. पालिका भरिका किसानलाई “किसान परिचयपत्र“ उपलब्ध गराईने छ ।
५.साना किसानहरुलाई व्यावसायिक कृषि खेतीको लागि ५ कट्ठाको भाडा बापत २ वर्ष सम्मको भाडा रकम स्थानीय सरकारले व्यहोर्ने व्यवस्था गरिनेछ ।
६. नेपाल सरकारबाट मान्यता प्राप्त पशु व्यवसायीलाई ३० प्रतिशत अनुदान उपलब्ध गराइने छ ।
७ जानकी गाउँपालिकाको किसानहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरी विउ विजन प्रयाप्त रुपमा उपलब्ध गराईने छ ।
८.किसानका लागि सर्व सुलभ तथा गुणस्तरिया कृषि औजार मल बिउ बिजनका लागि कृषिकै सहभागिता र सक्रियतामा गठित सहकारी मार्फत समयमै उपलब्ध गरिनेछ ।
९. सबै वार्डमा कम्तिमा एउटा कृषिहाट बजार संचालन गरिनेछ र सूचना प्रबिधीयुक्त स्थानबनाई कर्मचारीको व्यवस्था गरिनेछ ।
१०. सिक्टा सिचाई मार्फत सवै वार्डहरुमा सिचाईको व्यस्था गरईनेछ ।
११. ईन्द्रपुर वडा नं. ३ मा रहेका शनिबारे पशु हाट बजारको व्यवस्थापनमा जग्गा धनिको सहकार्यमा शौचालय र चौतारा निर्माण गरिनेछ ।
१२ गाउँपालिकामा एउटा पशु अस्पतालको निर्माण गरिनेछ ।

महिला तथा बालबालिका
१. अपांगता सम्बन्धि पहेलो कार्ड धारकलाई भत्ता व्यवस्था गरिनेछ र सेतो कार्डवालालाई रोजगार तथा व्यावसाय गर्न व्यवस्था गरिनेछ ।
२. महिला हिंसा अन्त्यका लागि विशेष कार्यक्रम संचालन गरिने छ । सबै प्रकारका हिंसा पीडितका लागि निःशुल्क कानुनी सेवा प्रदान गरिने छ ।
३. हिंसा पीडित महिलालाई २४ घण्टा भित्र निःशुल्क न्याय प्रदान गरिने व्यवस्था गरिनेछ ।
४. नेपालको संविधान र कानुनले प्रत्याभूत गरेका सबै अधिकार प्रदान गरिनेछ ।
५. बालबालिकाको नैसर्गिक अधिकार र कानुन बमोजिमका अधिकार प्रदान गरिनेछ ।
६. शिक्षा आर्जनबाट कुनै पनि बालबालिका बन्चित हुने छैनन् ।
७. कुपोषणको अन्त्य गरिनेछ ।
८. आमा तथा शिशु स्वास्थका लागि विशेष कार्यक्रम संचालन गारिनेछ ।
९. छोरी पढाउ अभियानमा सहजताको लागि जन्मे पछी कन्या विमाको व्यवस्था गरिनेछ ।

वन र वाताबरण
१. वातावरण प्रदूषण न्युनिकरण र फोहोर मैला व्यवस्थापनको लागि स्थानीय संघ संस्थाहरुसंग समन्वय गरी डम्पिङ क्षेत्र गरि प्रसोधन गरिनेछ ।
२. सबै वडाहरुमा रहेका निजि तथा साझेदारी वनलाई प्रोत्सहानका लागि सहुलियत प्रदान गरिनेछ, यसका साथै आवश्यकता र मागका आधारमा उन्नतगुण स्तरीय नर्सरी तयार गरिनेछ ।
३. गरिव विपन्न परिवारलाई शौचालय निर्माणका लागि सामग्री प्रदान गरिनेछ ।
४. सार्वजनिक स्थानहरुमा आवश्यकता अनुसार शौचालय निर्माण गरिनेछ ।
५. एक घर एक फलफुल विरुवा अभियान चलाइनेछ ।
६. हरियाली सडक नीति लिइनेछ ।

युवा रोजगार
१. जानकी गाउँपालिका युवाहरुलाई शिपमुलक तालिम दिइने छ ।
२. शिपयुक्त सर्टिफिकेटका आधारमा लघुवित्त विकास बैंकसंगै समन्वय गरी न्यून व्याजमा बिनाधितो ५ लाख सम्मको कर्जा उपलब्ध गराईने छ ।
३. जानकीमा बसोबास गर्ने बेरोजगार युवाहरुलाई व्यवसायिक कृषि खेती गर्नको लागि १ लाख रुपैया अनुदान स्वरुप प्रदान गरिनेछ ।
४. विकलाङ्ग र एकल महिला एकल पुरुष र गरिविको रेखामुनी रहेका हरेक व्यक्तिललाई व्यावसाय गर्न उत्प्रेरीत एक लाख सम्मको बिना व्याज ५ वर्ष अवधिको लागि ऋण सहयोग प्रदान गरिनेछ ।
५.उद्यमशील महिला निर्माणको नीति लिइनेछ ।
६. युवा रोजगारीका लागि स्नाकोत्तर तह पास गरेका युवालाई बिना धितो ५ लाख सम्म सहुलियत ऋण प्रदान गरिनेछ ।

खानेपानी
१. वडाका सबै घर घरमा स्वस्थ खानेपानीको लागिपानी ट्यांकी निर्माण सम्पन्न गरी निशुल्क खाने पानी वितरण गरिने छ ।
२. फोहोर मेलाको उचित व्यवस्थापन गरिने छ ।

खेलकुद
१. प्रत्येक वडामा कम्तिमा एउटा खेल मैदान निर्माण गरिने छ ।
२. सबै खेलाडीलाई प्रोत्साहन स्वरूप पालिका स्तरीय सबै खेलको प्रतिनिधत्व हुनेगरी वर्षमा १ पटक गाउपालिका स्तरीय खेल महोत्सवको आयोजना गरिनेछ ।
३. खेलकुद समबन्धि दर्ता रहेका क्लवहरुसँग समन्वय गरी खेल र खेलाडीको विकास गरिनेछ ।
४. खेल विकासको लागि पालिका स्तरीय कबर्ड हल निर्माण
५. माद्यामिकतहको हरेक विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था

पर्यटन तथा धार्मिक
१. जोगागाउं गुरुवागाउंको मेलाको लागि आवश्यक पूर्वाधार तयार पारि पर्यटक आकर्षण केन्द्र बनाइने छ ।
२.सबै वडामा रहेका सार्वजनिक मठ मन्दिर गुरुद्वारा मस्जिद चर्च ताल–तलाउ मर्मत सम्भार गरिनेछ ।
३. सबै जातजाति धर्म सम्प्रदायको सम्मान गरिनेछ ।

संस्थागत बिकास
१. कर्मचारीको क्षमता अभिवृद्धि वृति विकासको अधिकतम प्रयास रहनेछ ।
२. मुस्कान सहितको सेवा प्रवाह रहनेछ ।
३. मेलमिलापको नीति अवलम्बन गरिनेछ ।
४. पालिकाक्षेत्रमा रहनु हुने नेपाल सरकारका पूर्व कर्मचारीको छाता संगठन निर्माण गरी आवस्यक समन्वयको नीति लिईनेछ ।
५. पालिकाबाट हुने गरेका गतिविधिको बारे आम नागरिकवाट नै पालिका स्तरीय अनुगमन समिति निर्माण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिबार चुनाव चिन्ह वितरण गर्दै निर्वाचन आयोग

१६ बैशाख २०७९, शुक्रबार १९:५९
  नेपालगञ्ज : निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै छ । आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि शनिबार चुनाव चिह्न वितरण गरिन लागिएको हो । स्थानीय निर्वाचन २०७९ मा ७९ राजनीतिक दलले भाग लिँदै छन् । […]