वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

सदरलाइन संवाददाता २७ बैशाख २०७९, मंगलवार १७:४३
 

नेपालगञ्ज : दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए ।


यसअघिको तुलसीपुर–१७ को वडा सदस्य भएर काम गरेका चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उनलाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो ।

चार दिनअघि काठमाडौं पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा श्रीमानसँग विवाद हुँदा श्रीमती बेपत्ता

२७ बैशाख २०७९, मंगलवार १७:४३
नेपालगञ्ज : कालिकोटमा श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा श्रीमती बेपत्ता भएकी छन् । सोमबार राती साढे १० बजेको समयमा विवाद हुँदा श्रीमती बेपत्ता भएकी हुन् । प्रहरी चौकी नाग्मागार्ड कालिकोटका अनुसार तिलागुफा नगरपालिका–१ नाग्माका भुपेन्द्र शाही र उनको श्रीमतीबीच सामान्य विवाद भएको हो । उक्त विवाद पछि शाहीकी ३० वर्षीया […]