बाँकेमा २ संक्रमित थपिए, ३ डिस्चार्ज

सदरलाइन संवाददाता १ मंसिर २०७८, बुधबार १३:३१
 

नेपालगञ्ज : बाँकेमा बुधवार कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ६० वटा नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १८ र बागेश्वरी प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएका दुवैजना बाँकेका हुन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ४३ पुगेको छ ।

यस्तै बुधवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले मधेश विरोधी नभएको अध्यक्ष ओलीको दाबी

१ मंसिर २०७८, बुधबार १३:३१
नेपालगञ्ज : निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेका छन् । एमाले बाँकेले बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहद् पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्ने उद्देश्यले विभिन्न भ्रम फिजाउने काम भएको भन्दै त्यस्ता भ्रम फिजाउने कार्य समाप्त भएको […]

सम्बन्धित