डुडुवाका किसान बगर खेतीको तयारीमा

सदरलाइन संवाददाता ११ पुष २०७८, आईतवार १४:४७
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाका किसानहरु वगर खेतीको तयारीमा जुटेका छन् । बगर खेतीका लागि पुसबाट बीउ रोप्न सुरु हुन्छ । त्यसैले अहिले किसानहरु बगर खेतीको तयारीमा जुटेका हुन्् ।

कतिपय किसानहरुले खाल्डा बनाइसकेका छन् । कतिपयले रोपेका तरबुजा, खरबुजाका बिरुवा उम्रिन शुरु भएका छन् । कतिपयले बगरमा सखरखण्ड, आलु, तोरीलगायतका तरकारीसमेत रोपेका किसान राजितराम मौर्यले बताए ।

राप्तीनदीको बाढीले खेत बगर बनाएपछि किसानहरु त्यसैमा खेती गर्दै आएका छन् । बगरखेतीले डुडुवा गाउँपालिका–१ कुडुवाको मुहार नै परिवर्तन भएको छ । बगरमा सिजनअनुसार किसानहरुले परवर, करेला, तरबुजा, खरबुजा, सरखरखण्ड आलु लगायतका तरकारी गर्ने गरेका छन् ।


डुडुवा गाँउपालिका–३ मा सबैभन्दा धेरै बगरखेती भइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख शुशील शर्माले जानकारी दिए । माटो पटान गरिएको बगरमा पछिल्लो समय तोरी, मसुरो लगायतका बालीको पनि राम्रो उत्पादन हुन थालेको उनको भनाइ छ ।

बाँके जिल्लामा हाल नदीले कटान गरेको खेतीयोग्य जमिन करिब एक सय विघा रहेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । राप्तीको किनारामा सिधनीय, गंगापुर र डुडुवा लगायतका क्षेत्रमा बगर खेती हुँदै आएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेष्ठ नागरिकमैत्री नेपालगञ्ज बन्दैं

११ पुष २०७८, आईतवार १४:४७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिक मैत्री बनाइने भएको छ । त्यसका लागि जेष्ठ नागरिक क्लव तथा क्लव सञ्जाल गठना लागि कार्यविधि मस्यौदा निर्माण भईरहेको छ । मस्यौदामाथि सुझाव संकलनको काम समेत शुरु भएको छ । प्रथम राष्टिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा […]

सम्बन्धित