तीन विद्यार्थी संगठनद्वारा प्रशासन कार्यालय बाँके घेराउ

सदरलाइन संवाददाता ८ पुष २०७८, बिहीबार १६:०५
 

नेपालगञ्ज : सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी संगठनले बिहीवार प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने माग गर्दै आएका छन् ।


चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना सहित बिरोध प्रर्दशन गरेका थिए ।

विद्यार्थीहरुले केही दिनअघि मात्रै यातायात व्यावस्था कार्यालय बाँकेमा भाडामा सहुलियत कार्यान्वयनको माग गर्दैँ एक घण्टा कामकाज ठप्प हुने गरेर विरोध प्रर्दशन गरेका थिए ।

सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित सहुलियतको व्यवस्था गरेको लामो समय भइसक्दा पनि उपत्यका बाहेकका जिल्लामा यसको कार्यान्वयन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघ धपाउँदै राप्तीसोनारीका स्थानीय

८ पुष २०७८, बिहीबार १६:०५
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका ५ स्थित समय भवानी सामुदायिक वनमा बाघले पटकपटक आक्रमण गर्न थालेपछि बाँके राष्ट्रिय निकुन्ज प्रशासनको सहयोगमा स्थानीहरुले बाघ धपाउन थालेका छन् । निकुन्जले हात्ती प्रयोग गरी सामुदायिक वनबाट बाघ निकुञ्जतर्फ धपाउन थालेको हो । सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका […]

सम्बन्धित