विवेकशील साझा पार्टीको उम्मेदवार परिचय

२३ कार्तिक २०७४, बिहीबार २०:२९
 

सदरलाइनडटकम  
२३ कात्तिक, नेपालगन्ज : पत्रकार रविन्द्र मिश्र नेतृत्वको विवेकशिल साझा पार्टीले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेबाट उम्मेदवारी दिएका उम्मेदवारको परिचय गराएको छ ।
बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा कुशल अधिकारी, प्रदेस सभामा १ क मा ज्योति परियार, १ ख मा दयाराम थारु, निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा नरेन्द्र कुँवर, प्रदेश सभा २ ख मा डा. विनोद कर्ण र निर्वाचन क्षेत्र नं. ३ ख मा अमित लामालाई उम्मेदवार बनाएको छ ।
सो कार्यक्रममा बोल्दै उम्मेदवार समेत रहेका डा. कर्णले आफुहरु ठूलो होईन राम्रो पार्टी बनाउदै रोजगारी, आर्थिक अनुशासन र विकासको लागि उम्मेदवारी दिएको बताए । उनले लुटतन्त्र र अनियमितताको लागि आफ्नो पार्टीले आवाज उठाउने बताए ।
उनीहरुले जनतालाई अफ्ठयारोमा पारेर आफुहरु राजनीति नगर्ने, बिदेशी नंबरप्लेटका सवारीका साधन प्रचारमा प्रयोग नगर्ने, सडक जाम गरेर प्रचार नगर्ने लगायतका विभिन्न प्रतिबद्धता सहित यसपालि राष्ट्रिय पार्टी अर्को पटक नेतृत्व भन्ने नाराका साथ प्रचार अभियानमा जाने उनीहरुले सामूहिक प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्स क्लवको रक्तदान सम्पन्न

२३ कार्तिक २०७४, बिहीबार २०:२९
सदरलाइनडटकम २३ कात्तिक, नेपालगन्ज : लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ वि–२ अन्तरगतका जोन ७४, ७५ र ७७ अन्तरगतका लायन्स क्लव को आयोजनामा नेपालगन्जमा बृहद रक्तदान सम्पन्न भएको छ । डिष्ट्रिक गर्भनर लायन मधुसूदन रिजाल शर्माको प्रमुख आथित्यमा सम्पनन सो कार्यक्रममा ५१ जनाले रक्तदान गरेको आयोजक क्लवका जोन चियरपर्शन लायन रमेश […]

सम्बन्धित