बर्दिया : बर्दियाको मधुवन नगरपालिका–४ लाई शनिवार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । सो पालिकाले पहिलो पटक वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरेको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक कार्यक्रमबीच सो वडालाई बाल विवाहमुक्त वडा घोषणा गरेका हुन् । वडा नम्बर ४ पालिका कै पहिलो बाल विवाह मुक्त वडाको रुपमा घोषणा भएको छ ।
उनले सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सरकार समुदायमा सामाजिक समस्याको रुपमा रहेको बाल विवाह अन्त्यको लागि हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउदै भने–‘सरकार, राजनीतिक दल, संघसंस्था तथा समुदायमा रहेको सम्पुर्ण संयन्त्रहरु एकजुट भएर बाल विवाहको बिरुद्धमा उभिए पक्कै पनि बाल विवाह अन्त्य गर्न सकिन्छ ।’
प्लान इन्टरनेशन नेपाल र भेरि वातावरणिय बिशिष्टता समुह बि, ग्रपु बाँकेले बिगत ३ वर्षदेखि बर्दियाको मधुवन नगरपालिकामा बालविवाह न्युनिकरण परियोजना मार्फत मधुवन नगरपालिकाको समन्वय सहकार्य र बिभिन्न सामाजिक अगुवाहरुको पहलमा सचेतना मुलक मुलक कार्यक्रम लगायतको सहयोगमा घर–घर पुगेर सर्भे गरी प्राप्त तथ्यका आधारमा घोषणा कार्यक्रम भएको हो ।


कार्यक्रम स्वागत मन्तब्य बोल्दै मधुवन नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष बलिराम चौधरीले मधुवन नगरपालिकाले बनाएको बालविवाह सम्बन्धी निर्देशिका अनुसार वडालाई बाल विवाह मुक्त घोषणा गरिएको बताए ।
सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार मधुवन नगरपालिकालाई वि.स. २०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत पहिलो चरणमा वडा नम्बर ४ लाई बाल विवाह मुक्त घोषणा गरिएको भेरि वातावरणिय बिशिष्टता समुह बि, ग्रपुका कार्यक्रम प्रबन्धक भानु लिम्बुले बताए ।
मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरी अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न समुह संजालबाट सचेतनामुलक साँस्कृतिक झाँकी, कलाकारहरुको कला प्रस्तुती, बाल विवाह न्युनिकरण अभियानको समर्थनमा ब्यानरहरु राखिएको थियो ।
साथै सहयोगी संस्था प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप), बाँकेलाई सम्मान समेत गरेको छ । यस अभियानलाइ सफल बनाउन मधुवन नगरपालिकासंगको समन्वयमा समुदायस्तरमा बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।