हल्का वर्षातले चिसो बढ्यो, नेपालगञ्जको तापक्रम ६.८ डिग्री

सदरलाइन संवाददाता ६ माघ २०७८, बिहीबार १४:४३
 

नेपालगञ्ज : बाँकेसहित बिहीवार देशैभर विहानैदेखि घाम लाग्न सेकेको छैन । घाम नलाग्दा चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले घाम लाग्न नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बाँकेमा पानीको हल्का छिटा परिरहेको छ । विहानैदेखि तराई भू–भागका धेरै स्थानहरूमा कुहिरोरहुस्सु लागेको महाशाखाले जनाएको छ । कुहिरो अपरान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको माशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ ।


अहिले नेपालगञ्जमा निकै कम तापक्रम रहेको छ । नेपालगञ्जको तापक्रम अहिले ६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने भैरहवाको ८ डिग्री रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकको ठक्करबाट कोहलपुरमा एकजनाको मृत्यु

६ माघ २०७८, बिहीबार १४:४३
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुर–१४ हवल्दारपुरमा बुधवार राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत […]

सम्बन्धित