मुलुकको स्थायित्व र विकासको लागि बामगठबन्धनको निर्माण

१२ मंसिर २०७४, मंगलवार २१:४६
 

सदरलाइनडटकम
१२ मंसिर नेपालगन्ज : माओवादी केन्दका नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतले नेपालमा स्थायित्व र विकासका लागि बाम गठबन्धनको निर्माण गरिएको बताएका छन् ।
मंगलबार बाँकेको खजुरामा आयोजना गरेको चुनावी सभलाई सम्बोधन गर्दै नेता बस्नेतले स्थायीतत्व र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । उनले आगमी निर्वाचनबाट बाम गठबन्धनको जित सुनिश्चित भएको बताए ।
बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक दिनेश यादवले शिक्षा, स्वास्थ्य र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले राजनीतिक स्थायीत्व र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे ।
कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र २ का उम्मदवार बाबुराम गौतमले कांगेस आफनै कारणले समाप्त हुने बताए । राणाशाही मोहन शम्शरेका कारण समाप्त भयो, पञ्चायत मरिचमानका कारण, खरेलले भने,– राजाशाही ज्ञानेन्दका कारण समाप्त भयो भने कांगेस शेर बहादुर देउवाका कारण समाप्त हुनेछ । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, शालिकराम खडका, डम्बर विक, पदम धिताल, सतिस निरौला लगायतले मन्तव्य राखेका थिए ।


 

Next Post

कंडेलको चुनावी अभियान झनै आक्रामक हुँदै

१२ मंसिर २०७४, मंगलवार २१:४६
सदरलाइनडटकम  १३ मंसिर, नेपालगन्ज : चुनाबको तिथि नजिकिदै गर्दा बाँके क्षेत्र नम्वर २ मा एकिकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार तेजनारायण कँडेलले बुधबार पनि चुनावी अभियानलाई तीब्रता दिएका छन् । मतदाताको हौसलाबाट उत्साही भएका कँडेलले आफ्नो चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेका हुन् । कँडेलले बुधबार बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १३ बुलबुलिया […]

सम्बन्धित