बाँकेमा सवारी दुर्घटना न्यूनिकरणको लागि संयुक्त लापसे जाँच

सदरलाइन संवाददाता १२ पुष २०८०, बिहीबार १८:२९
 

नेपालगञ्ज : बाँकेमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकले लागू औषध र माधक पदार्थ सेवन गरे नगरेको जाँच गर्दा अप्रत्याशीत रुपमा लागू औषध सेवन गरेर सवारी चलाउने चालक अधिक रहेको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुर र लागूऔषध नियन्त्रण व्यूरो कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकले लागू औषध र माधक पदार्थ सेवन गरे नगरेको आकश्मिक जाँच गर्न सुरु गरिएको हो ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नयव उपरिक्षक नारायण डाँगीले सावरी चालकले माधक पदार्थ तथा लागु औषध सेवन गरी सवारी साधन चलाउदा सडक दुर्घटना अधिक हुने संभावना देखिएकोले अप्रत्याशित रुपमा लागू औषध सेवन जाँच सुरु गरिएको जानकारी दिए ।

उनले प्रहरीमा आउने मुद्दा मध्ये सबै भन्दा बढी लागू औषधको रहेको बताए । चालु आर्थिक वर्षको चार महिनामा मात्र ६५ मुद्दामा १ सय १२ जनालाई नियन्त्रणमा लिएर कारवाही अघि बढाईएको दिए । उनले भने–‘ बाँकेमा लागू औषधको ट्राञ्जिटको रुपमा रहेको छ । यहाँ बितेका ३ वर्षको तथ्याङ्क हेर्नेहो भने निरन्तर बढेको पाईएको छ ।’

उनले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट आव २०७८–०७९ मा १ सय ३४ मुद्दामा २ सय १२ जनालाई कारवाही गरिएको, आव २०७९–०८० मा १ सय ५७ मुद्दामा २ सय ३६ जनालाई कारवाही गरिएको र चालु आर्थिक बर्षको चार महिनामा ६५ मुद्दामा १ सय १२ लाई कारवाही गरिएको छ ।


माधक पदार्थ सेवन मापसे जस्तै लागू औषध लापसे सेवन गरेर सवारी चलाउँदा दुर्घटनासँगै अपराध बढ्ने भएकाले प्रहरीले संयुक्त रुपमा यो जाँच सुरु गरेको जिल्ला ट्रफिक प्रहरी कार्यालय बाँकेका इंचार्ज प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिए ।

उनले जाँचका क्रममा जमुनाहबाट नेपालगञ्ज आउदै गरेका ३ जना सवारी चालक सहित ९ जनाले लागू औषध सेवन गरी सवारी चलाएको पाईएको र एकजनाबाट ३ बोटल कोरेक्स समेत बरामद भएको जानकारी दिए । चालु आर्थिक वर्षको ६ महिनामा बाँकेमा भएको ७५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका छन् ।

बाँकेमा लागू औषधको सवेन गर्नेको संख्या अधिक रहेको विषयमा चिन्ता ब्यक्त गर्दै सामुदायिक प्रहरी सेवा केन्द्रका परामर्शकता दिपेन्द्र जोशीले जनचेतना र निगरानी बढाउनुको विकल्प नभएको बताए । उनले सबै भन्दा बढी युवा तथा किशोर नै मापसे र लापसेको लतमा फसेको पाईएको बताए ।

संयुक्त जाँचमा लासपे सेवन गरेको फेला परेमा कारबाहीसँगै लागू औषध मुक्त गर्नको लागि निशुल्क काउन्सिलिङ गरिने छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कमा लागुऔषध प्रयोग गर्नेको क्रमिक रुपले बढ्दै गएको पाईएको छ । र नेपालगञ्ज कारागारमा ३ सय ३७ जना कैदी बन्दी रहेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फर्जी विद्यार्थी खेलाएपछि एभरेष्ट मावि कारवाहीमा

१२ पुष २०८०, बिहीबार १८:२९
नेपालगञ्ज : कोहलपुरमा मंगलबारदेखि शुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६औं पालिकास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा फर्जी विद्यार्थी खेलाएपछि एभरेष्ट मावि कारवाहीमा परेको छ । संस्थागत विद्यालयको संगठन प्याब्सनमा आवद्व एभरेस्ट माविले छात्रा भलिबलमा फर्जी विद्यार्थी खेलाएपछि ३० हजार जरिवाना सहित कारवाहीमा परेको आयोजकले जनाएको छ । […]

सम्बन्धित