बाघ धपाउँदै राप्तीसोनारीका स्थानीय

सदरलाइन संवाददाता ८ पुष २०७८, बिहीबार १६:२६
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका ५ स्थित समय भवानी सामुदायिक वनमा बाघले पटकपटक आक्रमण गर्न थालेपछि बाँके राष्ट्रिय निकुन्ज प्रशासनको सहयोगमा स्थानीहरुले बाघ धपाउन थालेका छन् ।

निकुन्जले हात्ती प्रयोग गरी सामुदायिक वनबाट बाघ निकुञ्जतर्फ धपाउन थालेको हो । सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।


केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघको विचरण भइरहेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

८ पुष २०७८, बिहीबार १६:२६
नेपालगञ्ज : सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पन्चुराम कुम्हारलाई प्रहरीले पक्राउ गरेको हो । बाँके जिल्ला अदालतले कुम्हारलाई २०७५ अषाढ २६ गते १ वर्ष १ महिना ४ दिनको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट […]