हुम्लाको १५ सय क्वीन्टल चामल नेपालगञ्जमै थन्कियो

सदरलाइन संवाददाता २८ फाल्गुन २०७९, आईतवार १४:१७
 

नेपालगञ्ज : पश्चिम नेपालको हिमाली जिल्ला हुम्लाका लागि स्थल मार्गबाट २०० क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी गर्ने समय अवधि सकिए पनि ढुवानीकर्ताले हालसम्म २०० क्वीन्टल मात्र चामल पठाएको हो ।

गत असार मसान्तसम्म एक हजार ५०० क्वीन्टल चामल हुम्लामा ढुवानी गर्ने गरी एलबी सप्लायर्स हुम्लाले ठेक्का लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार ढुवानीको समयसीमा पूरा भए पनि ढुवानी भएको छैन । यसबारे जिल्ला प्रशासन कार्यालय, हुम्लालाई जानकारी गराएपछि सप्लायर्सले २०० क्वीन्टल चामल मात्रै हुम्ला पठाएको थियो ।


बाँकी एक हजार ३०० क्वीन्टल नेपालगञ्जस्थित कार्यालयमै थन्किएको प्रमुख लामिछानेले बताए । उनले हुम्लामा खाद्यान्न अभाव भएपछि आएको गुनासोपछि पटकपटक ढुवानी गर्ने दबाब दिए पनि सुनुवाइ नभएको बताए ।

हवाई मार्गबाट दुई हजार क्विन्टल चामल ढुवानी गर्ने कोटा रहेकोमा हालसम्म एक हजार ७०० क्वीन्टल चामल ढुवानी भइसकेको प्रमुख लामिछानेले बताए । सरकारले यस वर्ष नेपालगन्जबाट हुम्लामा तीन हजार ५०० क्वीन्टल चामल पुर्याउन कोटा तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीपाईलेबिरुद्धको औषधी सेवनको ‘कभरेज’ निरासाजनक

२८ फाल्गुन २०७९, आईतवार १४:१७
नेपालगञ्ज : १३ औं पटक अभियान सञ्चालन गर्दा पनि नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाईले बिरुद्धको औषधीसेवनको ‘कभरेज’ निरासाजनक छ । तर गाउँमा भने सन्तोषजनक पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, यस बर्षको अभियानका क्रममा नेपालगञ्ज उपमहानगरपालिकामा औषधी सेवनको कभरेज ४७ प्रतिशत छ । तर कम विकास भएको मानिने नरैनापुर गाउँपालिकाकै कभरेज […]