बाँकेमा आइतवार २ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ४ पुष २०७८, आईतवार १३:२८
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ७ नमुना परीक्षण गर्दा २ जनामो संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै बागेश्वरी ल्याबमा ४१ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थल वन्द

४ पुष २०७८, आईतवार १३:२८
नेपालगञ्ज : बाक्लो हुस्सु र शितलहरका कारण नेपालगञ्जस्थित राँझा विमानस्थल वन्द भएको छ । आइतवार विहानैदेखि नेपालगञ्जबाट हुने उडान र अवतरण दुवै अवरुद्ध भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख सुभाष झाका अनुसार शनिवार रातीदेखिको वाक्लो हुस्सु र शितलहरका कारण आकाश नखुल्दा उडान र अवतरण अवरुद्ध भएका हुन् […]