बाँकेमा बिहीवार २ जना मात्र डिस्चार्ज

सदरलाइन संवाददाता ११ मंसिर २०७७, बिहीबार ०७:५३
 

नेपालगञ्ज : बाँकेमा बिहीवार २ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । होम आइसोलेशनमा बसेका २ पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


अब आइसोलेशनमा बाँकेका १ सय ७७ र अन्य जिल्लाका ५१ गरी २ सय २८ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ७ सय ९८ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

Next Post

दाङका एक संक्रमितको कोहलपुरमा मृत्यु

११ मंसिर २०७७, बिहीबार ०७:५३
नेपालगञ्ज : दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ का ४२ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीवार विहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आए पश्चात् मंसिर २ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोभिडको आशंकामा त्यसै दिन […]