प्रतिबन्धित लागूऔषधसहित चार युवक परे प्रहरीको फन्दामा

सदरलाइन संवाददाता ९ श्रावण २०८१, बुधबार १५:४४
 

नेपालगञ्ज : बाँके प्रहरीले बाँके र बर्दियाबाट प्रतिबन्धित लागू औषधसहित चार जना युवकलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम, प्रतिबन्धित लागूऔषध ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित कोहलपुर नगरपालिका–२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी जमुनाह नाकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित जानकी गाउँपालिका–६ बस्ने २६ वर्षीय चेतमान सोनीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।


इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भे.३ प २५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतमानलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दियाको, बढैयाताल गाउँपालिका–६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका–५ जगतिया बस्ने २ जना १६ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ परेका चारैजनामाथि सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असार महिनामा उत्कृष्ट बन्यो वडा प्रहरी कार्यालय नेपालगञ्ज

९ श्रावण २०८१, बुधबार १५:४४
नेपालगञ्ज: बाँके प्रहरीले आफ्नो मातहातका प्रहरी युनिटको हौषला बृद्धि गर्ने उदेश्यले मातहातका प्रहरी युनिटहरुलाई पुरस्कृत र दण्डित गर्ने परिपाटी अनुसार असार महिनामा वडा प्रहरी कार्यालय नेपालगञ्जलाई पुस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा वडा प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो । वडा प्रहरी कार्यालयले गरेको […]