बर्दियाका शिक्षकहरुको सकारात्मक सिकाईको लागि गोष्ठी सम्पन्न

सदरलाइन संवाददाता ११ श्रावण २०८१, शुक्रबार १४:५८
 

बर्दिया :  प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र भेरी विशिष्टता समुह –बि–ग्रुप) को आयोजनामा बर्दियाका शिक्षकहरुका लागि सकारात्मक सिकाइ वातावरण सिर्जना विषयक २ दिने क्षमता विकास गोष्ठी गुलरियामा सम्पन्न भएको छ ।

बर्दियाका ४ वटा पालिकाका २५ जना विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई सहभागि गराई एकीकृत गोष्ठी आयोजना गरिएको ।

शिक्षकहरुमा व्यक्तिगत एवम् पेशागत हिसावले सकारात्मक सोचको विकास गरी विद्यालयको शैक्षिक वातावरणलाई तदनुरुप विकास गर्ने, विद्यालयमा बालमैत्री र लैङ्गिकमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नका लागि आवश्यक सिप र क्षमताको विकास गर्ने मुख्य उद्धेश्य सहित गोष्ठी संचालन गरिएको हो ।

गोष्ठीमा सहभागीता जनाएका प्रधानाध्यापक तथा शिक्षकहरुले सिकेका कुराहरु आफ्नो कार्य क्षेत्रमा गइ सबैको सहमतिमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


सो गोष्ठिमा पाठ्यक्रमले अपेक्षा एवम् निर्धारण गरेका परियोजना कार्य र अन्य प्रयोगात्मक क्रियाकलापहरूलाई उपयुक्त किसिमले योजना बनाइ कार्यान्वयन गरेको हुनुपर्ने, कुनै पनि पाठको सहजीकरण गर्नुपूर्व उक्त पाठमा भएका कुरा सिकेपछि हुने फाइदालाई संक्षेपमा उल्लेख गर्दै शिक्षण गर्नुपर्ने र मूल्याङ्कन गर्दा एप्पल विधि अवलम्बन गर्नुपर्ने, कम्तिमा माध्यमिक तहमा कक्षा अर्थात ग्रेडका आधारमा नभइ विषयको आधारमा शिक्षण सिकाइ कक्षको व्यवस्थापन गरी कार्यान्वयन गर्नुपर्ने जस्ता विषयमा छलफल गरिएको थियो ।

यसैगरी विद्यालयमा अनुपस्थित हुने विद्यार्थीका अभिभावकलाई अनुपस्थित भएकै दिन अविलम्ब सम्पर्क गरी अनुपस्थितिको कारण र समाधानका उपायका सम्बन्धमा विद्यालयले अभिभावकसँग सहकार्य गर्नुपर्ने सहित ३१ बुँदाहरुमा सामुहिक प्रतिबद्धता जनाएका बि–ग्रुपका टेक्निकल कोडीनेटर लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

विद्यार्थी अभिभावक र शिक्षाका सरोकारवालाहरुसँग मुस्कुराउदै प्रस्तुत हुने क्षमताको विकास गर्ने, विद्यार्थीहरूलाई पहिलो नामबाटै सम्बोधन गरी भलाकुसारी र सम्बाद गर्नुपर्ने, शिक्षकले आफूले सहजीकरण गर्नुपर्ने हरेक विद्यार्थीहरूका सक्षमता र सम्भावनाहरूको पहिचान गरी उनीहरूलाई उक्त पक्षको प्रवर्धनका लागि सहयोग र परामर्श प्रदान गर्नुपर्ने भन्दै साझा प्रतिबद्धता जनाएका छन ।

गोष्ठिको प्रमुख प्रशिक्षक कर्णाली प्रदेशका पुर्व सदस्य जीतबहादुर शाह रहेका थिए । भेरी विशिष्टता समुह –बि–ग्रुप) को आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कार्यक्रम गरिएको कोडीनेटर शर्माले जानकारी गराउनु भयो । बुधवारबाट संचालन गरिएको २ दिने गोष्ठी बालविवाह न्य्ुनिकरण परियोजना अन्र्तगत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र :  मन्त्री पाण्डे

११ श्रावण २०८१, शुक्रबार १४:५८
नेपालगञ्ज :  होटल व्यवसायीले आफ्नो व्यवसायलाई राज्यले उद्योगको मान्यता दिनुपर्ने माग गरेकै बेलामा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । होटल ब्यवसायी महासङ्घ लुम्विनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले […]