सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु एक घाइते

सदरलाइन संवाददाता ९ श्रावण २०८१, बुधबार १३:३६
 

काठमाडौं :  सौर्य एयरलाइन्सको ९ एन–एएमई जाहाज बुधबार बिहान काठमाण्डौबाट पोखराका लागि उडानगर्ने क्रममा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो ।


९एन–एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो जाहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । सो जाहाजमा भएका व्यक्तिको बारेमा जानकारी आएको छैन । प्राविधिक टोलीमात्र रहेको बताईएको छ । फोटो  :अनलाइनअबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिबन्धित लागूऔषधसहित चार युवक परे प्रहरीको फन्दामा

९ श्रावण २०८१, बुधबार १३:३६
नेपालगञ्ज : बाँके प्रहरीले बाँके र बर्दियाबाट प्रतिबन्धित लागू औषधसहित चार जना युवकलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम, प्रतिबन्धित लागूऔषध ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित कोहलपुर […]