बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थल वन्द

नेपालगञ्ज, कोहलपुर, खजुरा बजारमा मानिसहरुको चहलपहल घट्यो

सदरलाइन संवाददाता ४ पुष २०७८, आईतवार १३:४५
 

नेपालगञ्ज : बाक्लो हुस्सु र शितलहरका कारण नेपालगञ्जस्थित राँझा विमानस्थल वन्द भएको छ । आइतवार विहानैदेखि नेपालगञ्जबाट हुने उडान र अवतरण दुवै अवरुद्ध भएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख सुभाष झाका अनुसार शनिवार रातीदेखिको वाक्लो हुस्सु र शितलहरका कारण आकाश नखुल्दा उडान र अवतरण अवरुद्ध भएका हुन् ।

राँझा विमानस्थलमा अहिले तीन मिटर भिजिविलिटी छ । उडान अवतरणका लागि १ हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौका लागि १२ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा करिव २० वटा उडान हुँदै आएको छ ।


जाडोयाम शुरु भएपछि हवाइ सेवा अवरुद्ध भएको यो तेस्रो पटक हो । यसअघि मंसिरको अन्तिम साता दुई दिन विहान ११ बजेसम्म हवाइ उडान अवरुद्ध भएपनि त्यसपछि घाम लाग्दा भने हवाई सेवा नियमित भएको थियो ।

तर आइतवार घाम लाग्ने संकेत देखिएको छैन् । जसका कारण विमानस्थल खुल्ने सम्भावना निकै कम रहेको कार्यालय प्रमुख झाले बताए ।

यस्तै बाक्लो हुस्सुका कारण सवारी साधन चलाउन पनि सकस भएको छ । चालकहरुले हेडलाइट बालेर सवारीसाधन चलाइरहेका छन् । बाक्लो हुस्सुसँगैको शितलहरले चिसो बढेसँगै नागरिकको जनजीवन प्रभावित भएको छ । नेपालगञ्ज, कोहलपुर, खजुरालगायतका बजार क्षेत्रमा मानिसहरुको चहलपहल घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीको जंगलमा बिभत्स अवस्थामा युवकको शव फेला

४ पुष २०७८, आईतवार १३:४५
कैलाली :  कैलालीको जंगलमा एक जना युवकको शव विभत्स अवस्थामा फेला परेको छ । शनिबार दिउँसो जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अरूण दास मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उनी बिहान ८ बजेतिर घरबाट निस्केका थिए […]