पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्छ : बिपुल पोख्रेल

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार १५:२९
 

नेपालगञ्ज : नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले सञ्चार सस्थाले पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेले शुक्रवार आयोजना गरेको पत्रकारहरुको दुर्घटना वीमा सम्झौता, कोभिड सम्मान तथा दशैं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले संचार सस्थाहरु श्रम शोषण गर्ने थलो बन्न नहुने सुझाव दिए । पत्रकारको क्षमता अभिवृद्धि गर्न महासंघले विशेष जोड दिएको उनको भनाइ छ ।

पत्रकार महासंघ बाँकेले जिल्लाका तीनसय बढी पत्रकारको दुर्घटना वीमा गराएको छ । महासंघले २ लाख बराबरको दुर्घटना वीमा सम्झौता गरेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए । कार्यक्रममा चिकित्सकसहित झन्डै एक दर्जन व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।


नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डा सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याव टेक्निसियन दिपक शर्मा, जे शर्मा मेडिकलका संचालन जिवन शर्मालाई सम्मानित गरिएको हो ।

यस्तै वडा कार्यालय बाँकेका इञ्चार्ज डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दिपेन्द्र विष्टपनि सम्मानित भएका छन् । सम्मानित व्यक्तिहरुले कोभिड महामारीमा पत्रकारहरुलाई विभिन्न खाले सहयोग पुर्याएको महासंघले जनाएको छ ।

महासंघ बाँके शाखा अध्यक्ष भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका एसपी श्यामकृष्ण अधिकारीलगायतले आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बैजनाथ साक्षर गाउँपालिका घोषणा

२२ आश्विन २०७८, शुक्रबार १५:२९
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकालाई शुक्रवार साक्षर गाउँपालिका घोषणा गरिएको छ । जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा पालिकाका अध्यक्ष मानबहादुर रुचालले साक्षर पालिका घोषणा गरेका हुन् । बैजनाथ गाउँपालिकाको कुल जनसंख्या ५४ हजार ४ सय १८ रहेको छ । तीमध्ये ९७ प्रतिशतबढी नागरिक साक्षर भएसँगै शुक्रवार […]