प्रधानमन्त्री ओली घटनाको जानकारी लिन त्रिभुवन विमानस्थल जाँदै

सदरलाइन संवाददाता ९ श्रावण २०८१, बुधबार १३:२३
 

काठमाण्डौ :  काठमाण्डौबाट पोखराको लागि उडान भरेको सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थलमा घटनाको जानकारी लिन जान लागेका छन् ।


बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो ।

उक्त दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल त्रिभुवन विमानस्थल जान लागेका उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु एक घाइते

९ श्रावण २०८१, बुधबार १३:२३
काठमाडौं :  सौर्य एयरलाइन्सको ९ एन–एएमई जाहाज बुधबार बिहान काठमाण्डौबाट पोखराका लागि उडानगर्ने क्रममा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ […]