सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र :  मन्त्री पाण्डे

सदरलाइन संवाददाता ११ श्रावण २०८१, शुक्रबार १७:२५
 

नेपालगञ्ज :  होटल व्यवसायीले आफ्नो व्यवसायलाई राज्यले उद्योगको मान्यता दिनुपर्ने माग गरेकै बेलामा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

होटल ब्यवसायी महासङ्घ लुम्विनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन विकासका लागि नेपाली संस्कार अनुसार पाहुनालाई व्यवहार हुनुपर्ने बताए ।

मन्त्री पाण्डेले भने, ‘ भुकम्प र कोभिडपछि पर्यटनक्षेत्रले विस्तारै लय समात्ने क्रममा छ,। मुलुकको अर्थतन्त्र बलियो बनाउन होटल क्षेत्रको मुख्य भुमिका रहन्छ ।’


उनले पर्यटन नीति र ऐन निर्माण र संशोधनमा ध्यान दिइने बताउदै गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल छिटोभन्दा छिटो सञ्चालनका लागि पहल गरिने प्रतिबद्धता जनाए । उनले पर्यटन नीतिमा शंशोधन भएमा धेरै भन्दा धेरै होटल व्यवसायीका समस्या र मागको सम्बोधन हुने जिकिर गरे ।

सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले पर्यटन विकासका लागि राज्यको नीति र व्यवहारमा सुधार हुन आवश्यक रहेको बताए । उनले पर्यटकलाई गरिने व्यवहार मैत्रीपूर्ण हुनुपर्ने कुरामा जोड दिए ।

होटल ब्यवसायी महासङ्घका अध्यक्ष भाष्कर काफ्लेले प्रदेशभित्र साना–ठुला गरी करिब ११ हजार होटल ब्यवसाय सञ्चालनमा रहेको भन्दै उनीहरुका लागि विशेष सहयोगका कार्यक्रम ल्याउन माग गरे । प्रदेशभित्र होटल ब्यवसायमा करिब ६० हजारले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । राज्यले होटल ब्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिबर्तन हुन आवश्यक रहेको उनले आग्रह गरे ।

यस क्षेत्रमा लुम्बिनीमा करिब दुई खर्ब बराबरको लगानी रहेको उनको भनाइ छ । होटल ब्यवसायबाट बार्षिक ४० करोड कर राज्यले सङ्कलन गर्नेगरेको छ । अधिबेशनमा प्रदेशभरका १८ सस्थाका करिव २ सय प्रतिनिधिको सहभागिता रहने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारलाई असफल हुने छुटछैन : सञ्चारमन्त्री गुरुङ

११ श्रावण २०८१, शुक्रबार १७:२५
पोखरा :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको प्रष्ट बटम लाइन तोकिएको बताएका छन । गृह प्रदेश गण्डकीको पोखरामा नेपाल पत्रकार महासंघ कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बटमलाइन सुनाएका हुन । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सवै बिकल्प सकिएपछि संसदको […]