असार महिनामा उत्कृष्ट बन्यो वडा प्रहरी कार्यालय नेपालगञ्ज

सदरलाइन संवाददाता ९ श्रावण २०८१, बुधबार १९:४२
 

नेपालगञ्ज: बाँके प्रहरीले आफ्नो मातहातका प्रहरी युनिटको हौषला बृद्धि गर्ने उदेश्यले मातहातका प्रहरी युनिटहरुलाई पुरस्कृत र दण्डित गर्ने परिपाटी अनुसार असार महिनामा वडा प्रहरी कार्यालय नेपालगञ्जलाई पुस्कृत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा वडा प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो । वडा प्रहरी कार्यालयले गरेको कार्य सम्पादनमा असार महिनाको उत्कृष्ट बनेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले बताए ।


बाँके प्रहरीले आफ्ना मातहतका कार्यालयहरुलाई कार्य सम्पादनको आधारमा महिना महिनामा पुरष्कृत गर्दै आएको छ । आफ्नो मातहतमा शान्ति सुरक्षा कायम गरेको, सामाजिक कार्य प्रभावकारी रुपमा गरेको लगायतका कारण वडा प्रहरी कार्यालय उत्कृष्ट बनेको हो ।

प्रहरी नायब महानिरीक्षक(डिआइजी) कुबेर कडायत र बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विसीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कडायत अनुगमनका क्रममा नेपालगन्ज आएको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो । विसीको कमाण्डमा रहेको वडा प्रहरीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्दै आएको छ ।

प्रहरी व्यवसायीक, इमान्दार, सक्षम र सकारात्मक भई जनताको सेवामा अहोरात्र खटिई कामकारबाही गर्नु आफ्नो दायित्व रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका शिक्षकहरुको सकारात्मक सिकाईको लागि गोष्ठी सम्पन्न

९ श्रावण २०८१, बुधबार १९:४२
बर्दिया :  प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र भेरी विशिष्टता समुह –बि–ग्रुप) को आयोजनामा बर्दियाका शिक्षकहरुका लागि सकारात्मक सिकाइ वातावरण सिर्जना विषयक २ दिने क्षमता विकास गोष्ठी गुलरियामा सम्पन्न भएको छ । बर्दियाका ४ वटा पालिकाका २५ जना विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई सहभागि गराई एकीकृत गोष्ठी आयोजना गरिएको । […]