नेपालगञ्ज : युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।
नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कार्यक्रम सम्बोधन गर्दै हामी नेपालको स्वाभिमानमा आँच पुग्ने कुनै पनि काम गर्न नचाहेको बताए ।
एमसिसि परियोजनाबारे कुराकानी गर्दै नेपालले भने, हामी हाम्रो देशको शैन्य गठबन्धन अरुको सुरक्षा घेरामा सुम्पिन चाहँदैनौ । एमसिसि परियोजना शैन्य गठबन्धनसंग जोडिएको छैन, यो नितान्त आर्थिक सहयोगको परियोजना हो भनेर सुनिश्ति गर्न एमसिसिका प्रतिनिधिहरुलाई आग्रह गरेको नेपालले बताए ।
केपी शर्मा ओलीले क्रन्तिकारी ज्वाला निभाई सकेकाछन् । एमाले पाटी केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको आरोप नेता नेपालले लगाए । ओलीले कम्युनिष्टको सिद्धान्त परित्याग गरिसकेको भन्दै उनले व्यक्तिबाद, गुटबाद, मैसर्बसराहको भवना रहेको बताए ।
जेष्ठ २८ गतेको पैmसलामा प्रधान मन्त्रि नियुक्ति गर्दा ह्वीप लाग्दैन भनेर भनिसके पछि त्यहाँ कर्वाहीको कुनै अर्थ छैन । नेता नेपाले कर्वाहीकै बिषयमा संसदमा नाटक चलेको हामी टिप्पणी समेत गरे ।
कार्यक्रममा नेकपा एकिकृत समाजबादीका कैलाली अध्यक्ष तथा प्रदेश मन्त्रि दिर्घ सोदारी, केन्द्रिय सदस्य दल बहादुर सुनार, रुपान्देही अध्यक्ष राजु गुरुङ, युवा संघका केन्द्रिय अध्यक्ष नरेश शाही लागयत्ले आप्mनो धारण राखेका थिए ।