बर्दियामा बुधबारदेखि बाघ गणना गरिँदै

सदरलाइन संवाददाता २८ मंसिर २०७८, मंगलवार १४:४९
 

नेपालगञ्ज : बर्दिया राष्ट्रिय निकुञ्जमा मंसिर २९ गतेबाट बाघको गणना शुरु हुँदै छ । निकुञ्जले बाघ गणनाका लागि अघिल्लो सोमबार र मंगलबार प्राविधिकलाई प्रशिक्षण दिएको छ ।

हरेक चार वर्षमा बाघ गणना हुन्छ । पछिल्लो गणनामा ८७ वटा बाघ भेटिएकामा यस वर्ष बाघको संख्या बढ्ने र १ सय १५ देखि १ सय २५ को संख्यासम्म पुग्ने अनुमान निकुञ्जको छ । बाघ गणना बाँके र बर्दियामा एकैसाथ गरिन थालिएको छ । यी दुई जिल्लामा चारवटा बल्क बनाइएको छ ।


करिब तीन महिनाभित्र बाघको संख्या यकिन हुने बताइएको छ । बाघ गणनामा ७ सय वटा ग्रिडमा ७ सय २० वटा क्यामेरा राखिने भएको छ । एउटा ग्रिडमा कम्तीमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्र्याप राखिनेछ । एक दर्जन हात्ती, प्राविधिक, कर्मचारीसहित झन्डै तीन सय जना बाघ गणनामा खटिने भएका छन् ।

बाघको संख्या बढ्दै गएपछि त्यहाँ वन्यजन्तु र मानव द्वन्द्व चर्किंदै गएको छ । विगत तीन वर्षयता बाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा चोरी गरिरहेको अवस्थामा चार जना प्रहरी नियन्त्रणमा

२८ मंसिर २०७८, मंगलवार १४:४९
नेपालगञ्ज : कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करीब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका १ कैलाली पुल नजिकैको उग्रतारा ट्रेडिङ हाउसमा ताला तोडेर चोरी गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका १ शान्तिनगरका लोकेन्द्र सिंह सामन्त, उमेश भन्ने […]

सम्बन्धित