प्रारम्भिक बालविकास तथा शिक्षाको सबलिकरणका लागि अभिभावक शिक्षा अभियान चलाउन आवश्यक

सदरलाइन संवाददाता २१ चैत्र २०८०, बुधबार १४:२४
 

नेपालगञ्ज : प्रारम्भिक बालविकास तथा शिक्षाको सबलिकरणको लागि अभिभावकलाई यसको महत्वको विषयमा जानकारी गराउनको लागि अभिभावक शिक्षालाई जनस्तरसम्म लैजानुपर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, प्रारम्भिक बालविकास शाखाले नेपालगञ्जमा आयोजना गरेको प्रारम्भिक बालशिक्षा सवलिकरण अभियान अन्तरक्रिया कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।

मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक शोभा अधिकारीले अभिभावकमा बालविकास केन्द्रको महत्वका बारेमा बुझाईको स्तर बढाउन अभिभावक शिक्षाका कक्षालाई जनस्तरमा पुराउन आवश्यक रहेको सुझाव पाईएको बताईन ।

कार्यक्रममा शिक्षा तथा बालविकास केन्द्रलाई बलियो बनाउनका लागि भुमिका क–कसले खेल्ने र बालशिक्षा के हो ? यसको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा एकदिनको अन्तरक्रिया आयोजना गरिएको निर्देशक अधिकारीले बताईन ।


सो कार्यक्रममा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका शिक्षा समन्वय विकास ईकाई प्रमुख, स्थानीय पालिका शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रअ, प्रारिम्भक बालविकास केन्द्रका शिक्षकलगायतको प्रतिनिधि मुलक प्रतिनिधित्व रहेको केन्द्रका शाखा अधिकृत धनसुदन चौलागाईले जानकारी दिए ।

उनले कार्यक्रममा सहभागि प्रतिनिधिपात्रले बालशिक्षा तथा प्रारम्भिक बालविकास सिकाई केन्द्र भएको उल्लेख गर्दै केन्द्रमा भर्ना भएको बालक÷ बालिकाले दोस्रो दिनदेखि नै गृहकार्य गर्नुपर्ने जस्ता गुनासा अभिभावकको आउने गरेकोले बालविकासमा जाने बालबालिका सिकाई केन्द्रमा जाने र उनीहरु खेल्ने रमाउदै सिक्ने भएकोले पनि अभिभावकलाई यसको महत्व बुझाउन आवश्यक रहेको औल्याए ।

देशभर ३० हजार ४ सय ४८ प्रारम्भिक बाल विकास केन्द्र रहेको र ती केन्द्रको विकासको लागि कार्यक्रमको आयोजना गरिएको जनाईएको छ । सो कार्यक्रममा शिक्षा विकास समन्वय ईकाई सुर्खेतका प्रमुख महेश देवकोटा, बाँकेका प्रमुख रामसुरेश यादव, नेपालगञ्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापालगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हृदयघातका कारण नेपालगञ्ज कारागारका थुनुवाको मृत्यु

२१ चैत्र २०८०, बुधबार १४:२४
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक वृद्ध थुनुवा (कैदी)को हृदयघातका कारण मृत्यु भएको छ । कारागार कार्यालय बाँकेका प्रमुख अर्जुन जंग शाहले नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको जानकारी दिए । उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि […]