कैलालीमा चोरी गरिरहेको अवस्थामा चार जना प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता २८ मंसिर २०७८, मंगलवार १६:३०
 

नेपालगञ्ज : कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान करीब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका १ कैलाली पुल नजिकैको उग्रतारा ट्रेडिङ हाउसमा ताला तोडेर चोरी गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


धनगढी उपमहानगरपालिका १ शान्तिनगरका लोकेन्द्र सिंह सामन्त, उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका–८ बस्ने विकास नेपाली र धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने बिबेक साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जलाई स्वास्थ्यको हब बनाउन तयारी गरिदै

२८ मंसिर २०७८, मंगलवार १६:३०
नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्ज शहरलाई स्वास्थ्य हबको रुपमा विकास गर्न प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पु¥याउने भएको छ । मंगलबार स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा समीक्षा कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्ज पश्चिम नेपालका तीन प्रदेशका नागरिकले स्वास्थ्य सेवा लिने सबैभन्दा ठुलो शहर […]