नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले बरामद गरेको अवैध कपडा आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरीको टोलीले नेपालगञ्ज १० बाट भारतबाट अवैध रुपमा ल्याउदै गरिएको ठुलो परिमाणको लत्ताकपडा बरामद गरी भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
एसपी अधिकारीका अनुसार बरामद गरिएका लत्ताकपडाम (कुर्ता सुरुवाल लगायत अन्य कपडा)को मुल्य ५५ हजार २ सय रहेको छ ।