आधुनिक ढोकाको उत्पादक म्याट्रीक्स उड ईन्डष्ट्रीजको अन्तरक्रिया

१४ माघ २०७४, आईतवार १५:२०
 

सदरलाइनडटकम 
१४ माघ, नेपालगन्ज : आधुनिक र गुणस्तरिय ढोका उत्पादन गर्दै आएको म्याट्रीक्स उड ईन्डष्ट्रीज नेपालगन्जले आफ्नो उत्पादनको बारेमा सञ्चारकर्मी र डिलरसँग अन्तरक्रिया गरेको छ । नेपालगन्जमा आईतबार एक कार्यक्रमका बीच सो उद्योगले आयोजना गरेको कार्यक्रममा उद्योगका निर्देशक टंक धामीले उद्योगले गर्दै आएको उत्पादन, बजारीकरण लगायत विषयमा जानकारी गराएका थिए ।
उद्योगका निर्देशक धामीका अनुसार उद्योगले हाल भारतबाट कच्चा पदार्थ आयात गरी विभिन्न साईजका ढोका उत्पादन गर्दै आएकोछ ।
नेपालगन्जको धम्बोझीमा सञ्चालित उद्योगमा नेपाली र भारतीय व्यवसायीको संयुक्त लगानी रहेको छ । उनले बढ्दो बस्ती बिकासको कारण हुने निर्माणको लागि आवश्यक पर्ने ढोका र चौकोश आदीको माग पुरा गर्ने उद्देश्यले कम्पनी स्थापना गरेको बताए ।
उनले उद्योगले ढोकासंगै चौकोस, झ्याल र त्यसको लागि आवश्यक पर्ने हार्डवयरको लागि उद्योगलाई १३ कठ्ठा क्षेत्रफलमा बिस्तार गर्ने र उत्पादनको दायरालाई पनि अझ फराकिलो पार्ने तयारी भईरहेको जानकारी दिए ।
सो उद्योगसँग हाल पुर्वको नारायणघाटदेखि महेन्द्रनगरसम्म २१ वटा डिलर आवद्ध छन् । म्याट्रीक्सका ब्रान्ड डाईरेक्टर भारत, गुजरातका चन्दे्रश पटेलले आफ्नो अन्र्तराष्ट्रिय स्तरको ब्रान्डलाई नेपालमा पनि विस्तार गर्ने प्रयास स्वरुप नेपालगन्जका व्यवसायीसँग सहकार्य गरिएको बताए ।
बाँके, प्रदेश सभा–१ ‘क’ का सदस्य कृष्णा केसी नमुनाले स्थानीय स्तरका व्यवसायीको प्रयासमा पनि ठुल्ठुला उद्योग स्थापना हुने क्रम बढेको भन्दै प्रशंसा गरिन् । उद्योग स्थापनाले नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्ने विश्वास गरिन् । ‘यस्ता उद्योगले युवालाई आफ्नै ठाउँमा रोजगारी दिन र अर्थतन्त्रको विकासमा टेवा पुरयाउनेछ,’ उनले भनिन् ।
उद्योगका सञ्चालक अध्यक्ष गिरिराज भुसालले आफुहरुले स्थानीय र भारतीय कच्चा पदार्थको प्रयोग गरी उद्योगबाट गुणस्तरिय उत्पादन गरिरहेको बताए । स्थापनाको एक वर्ष नपुग्दै उत्पादनले बजार हिस्सा ओगट्न सफल भएको उनको भनाई थियो


 

Next Post

छाउप्रथाबिरुद्ध सचेतना फैलाउन अछाममा दोस्रो पञ्चदेवल महोत्सव हुँदै

१४ माघ २०७४, आईतवार १५:२०
सदरलाइनडटकम १४ माघ, नेपालगन्ज : छाउपडि जस्तोे कुप्रथाको बिरुद्ध सचेतना फैलाउने उद्देश्यले अछामको पञ्चदेवल विनायक नगरपालिकामा ‘दोस्रो पञ्चदेवल महोत्सव–२०७४’ आयोजना गरिने भएको छ । आगामी फागुन १८ देखि २७ गतेसम्म सो महोत्सव सञ्चालन हुने भएको हो । महोत्सव मुल आयोजक समितिले नेपालगन्जमा पत्रकार सम्मेलन गरेर छाउपडी प्रथाविरुद्ध सचेतना जगाउने उद्देश्यले […]

सम्बन्धित