जाजरकोटको कुदुमा बस दुर्घटना हुँदा ५को मृत्यु २७ घाइते

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १२:०७
 


जाजरकोट :  नेपालगञ्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको यात्रुबाहक बस जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मुत्यु हुनुको साथै २७ जना घाइते भएका छन । आईतबार बिहान दुई बजे कुदु बराहचौक नजिक बस दुर्घटना भएको थियो ।

नेपालगञ्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौक नजिक दुर्घटना भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको छ ।

जाजरकोटका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्दार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि लगिएको छ ।

राति बस दुर्घटना भएका कारण उद्दारमा ढिलाई भएको हो । दुर्घटनामा मृत्यु भएकाहरु ५ जना मध्ये ३ जनाको सनाखत भइ सकेको र बाँकी दुईको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ


जाजरकोट दुर्घटनामा मुत्यु हुने नलगाड–३ करुवा जाजरकोटका २६ वर्षिय शेरवहादुर परियार, आठविसकोट नगरपालिका–४ रुकुम पश्चिमकी ४ वर्षिया दिब्या शाही, सप्तरी राजबिराज नगरपालिका–१ घर भै दिपेन्द्र आधारभुत विद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० बर्षका गगाराम यादब, कुशे–९ जाजरकोटकी १८ वर्षिया अनिला नेपाली र रुकुम पस्चिमकी २४ वर्षिया सन्ध्या मल्ल शाही रहेका छन्

सो घटनामा परेर घाइते हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्बप्रसाद पुन, जाजरकोटकै नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार रहेका छन् ।

यसैगरी घाइतेहरुमा नेपालगञ्जका मोहन खत्री, प्रकाश थापा, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, कोहलपुरका शेरबहादुर खत्री, सप्तरीका हिरनजित यादव छन् । घाइतेहरु रेम्बो पुन र आस्या वली ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड संक्रमणबाट बैजनाथका एक पुरुषको मृत्यु

१२ मंसिर २०७८, आईतवार १२:०७
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–१ बाँकेका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । यही मंसीर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलीपल्ट मंसीर ८ गते […]