एमाले बाँकेको क्षेत्रीय बैठक सम्पन्न

सदरलाइन संवाददाता २५ आश्विन २०७९, मंगलवार १६:०६
 

खजुरा (बाँके) : नेकपा (एमाले) बाँके क्षेत्र न ३ को क्षेत्रीय कमिटीको बैठक खजुरामा सम्पन्न भएको छ । नेकपा (एमाले)का नेता कमरेड बाबुराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बाबुराम गौतम संयोजक, नन्द बिश्वकर्मा र पदम धिताल सह–संयोजक र करिम खान सचिव रहने गरि ३८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बैठकद्वारा जिल्ला प्रचार बिभाग प्रमुख सतिश निरौला संयोजक र सचिवालय सदस्य किशोर थापा सह–संयोजक रहने गरी प्रचारप्रसार उपसमिति, किरण ढकाल संयोजक रहेको घोषणा पत्र निर्माण समिति, दिपकराज अधिकारी संयोजक बिज्ञान कक्षपती र इन्द्रबहादुर थापा सह–संयोजक रहेको आर्थिक उपसमिति, तिलकवीर सुनार संयोजक रहेको युवा परिचालन समिति बिमल मल्ल संयोजक रहेको बिद्यार्थी परिचालन समिति समेत गठन गरिएको छ ।


बैठकले सम्पुर्ण पार्टी पंक्तिलाई एकढिक्का भएर निर्वाचनको अभियानमा जुट्न आव्हान गरेको छ । असोज २७ गते प्रदेशको बैठक र ३१ गतेसम्म क्षेत्र भरिका सबै वडा कमिटीहरु बैठक सम्पन्न गर्ने निर्णय बैठकद्वारा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पश्चिम नेपालका बाढी तथा डुवान पीडितहरु राहातको पखाईमा

२५ आश्विन २०७९, मंगलवार १६:०६
नेपालगञ्ज : एक हप्तासम्म परेको पानीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँको जनजीवन प्रभावित भयो । तर बुधवारदेखि भने घाम लागेपछि जनजीवन केही सामान्य बन्न थालेको छ । अझैपनि कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जाल बन्द छ । लुम्बिनीको बाँके, बर्दिया, नवलपरासी र दाङमा धेरै नागरिक विस्थापित […]