कोभिड संक्रमणबाट बैजनाथका एक पुरुषको मृत्यु

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १३:५८
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–१ बाँकेका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

यही मंसीर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलीपल्ट मंसीर ८ गते उनी थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको शनिवार बेलुका मृत्यु भएको हो ।


योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका ३४४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार बाँकेमा ४ जनामा कोरोना पुष्टि

१२ मंसिर २०७८, आईतवार १३:५८
नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ३९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा २२ नमुना परीक्षण गर्दा […]

सम्बन्धित