सदरलाइनडटकम
८ मंसिर, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको प्रथम नगरसभामा नगरकार्यपालिका सदस्यहरुले आफुहरुलाई खवर नभएको भन्दै नगरसभाहलमा प्रवेश गर्न नमानेपछि नेपालगन्ज उप–महानगरपालिकाको प्रथम नगरसभाको उद्दघाटन केही समय प्रभावित भएको छ ।
विभिन्न वडा सदस्य तथा अध्यक्षहरुले आफुहरुलाई प्रथम नगर सभाको कार्यक्रमको सूचना नभएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए । वडा सदस्यहरुले आफुहरु पनि जनप्रतिनिधि भएको तर, मेयर तथा केही वडा अध्यक्षहरुको पेलुवा नीतिको कारण आफुहरुलाई कार्यक्रमको जानकारी नभएको भन्दै प्रवेशद्वारमा राखिएको रजिष्ट्रेसन रजिस्टरमा समेत हसताक्षर गर्न मानेका थिएनन ।
उनीहरुको आक्रोशलाई नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले उद्घाटन सत्रलाई समापनपछिको बन्द सत्रमा सबै गुनासा सुन्ने र आगामी दिनमा कार्यान्यवन गर्ने भनेपछि नगर कार्यपालिका सदस्यहरु हलभित्र प्रवेश गरेका थिए ।
Next Post
प्रथम नगरसभा सम्पन्न, नमूना शहर बनाउने लक्ष्यसहित पौने ३ अर्ब वजेट प्रस्तुत
८ मंसिर २०७४, शुक्रबार १३:४९
सम्बन्धित
-
१६ फाल्गुन २०७७, आईतवार १६:३४
विप्लव समूहसँग केही दिनमा वार्ता हुन्छ : प्रधानमन्त्री ओली
-
२७ कार्तिक २०७७, बिहीबार ०८:२७
बाँकेमा बिहीवार ४४ जना डिस्चार्ज
-
१६ पुष २०७८, शुक्रबार १४:१९
बाँकेमा शुक्रवार ४ संक्रमित थपिए
-
७ आश्विन २०७५, आईतवार १०:३४
आइतवारदेखि इन्धन वितरण सहज हुँदै
-
११ जेष्ठ २०७६, शनिबार १४:५३
ईदमा सार्वजनिक विदाको माग
-
२४ पुष २०७६, बिहीबार १८:३३
माघ मिलनमा थारु कलाकारको प्रस्तुती हुने