नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा योग समिति नेपालेले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ । सोमबार बिहान भेरी अस्पताल परिसरमा योग समितिका कोषाध्यक्ष अम्बिका कोइरालाले महासंघको एम्बुलेन्स खरिदका लागि ५ हजार १ सय बराबरको चेक प्रदान गरेको हो ।
योग समितिका अध्यक्ष गिरिराज भट्टराई लगायत पदाधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य भिष्म लोधलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । पत्रकार महासंघको एम्बुलेन्स खरिद सामाजिक कार्य भएकाले सहयोग गरिएको अध्यक्ष भट्टराई बताउनुभयो ।
यस्तै सो अवसरमा योग समितिले अस्पताल परिसरमा संचालित अन्जनी माता रसोई घरलाई ३५ पेटी पानी प्रदान गरेकोे छ । समितिका अध्यक्ष भट्टराईले रसोई घरका संचालक जितेन्द्र सिंह ठाकुरलाई पानी हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग गरेकोप्रति रसोई घरले समितिलाई धन्यवाद पत्र समेत प्रदान गरेको छ । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा सञ्चालित आइसोलेशन केन्द्रलाई १५ पेटी पानी सहयोग प्रदान गरिएको छ ।