भेरी अस्पतालका अध्यक्ष शाहलाई जडिवुटी व्यवसायीको स्वागत

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १३:५४
 

नेपालगञ्ज : बाँकेस्थित भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्रबहादुर शाहलाई नेपाल जडिवुटी व्यवसायी संघ नेपालगञ्जले स्वागत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई गत असार २४ गते अध्यक्षमा मनोनित गरेको थियो । नेपाल जडिवुटी व्यवसायी संघ नेपालगञ्जले आयोजित एक समारोहका बीच अध्यक्ष शाहलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहले भेरी अस्पताल पहिलाको भन्दा अहिले केही सुधारहरु भएको देखिएता पनि अझै पनि धेरै सुधारहरु गर्नुपर्ने अवस्था रहेको आफ्नो धारणा व्यक्त गरे । अस्पताल सुधारका लागि आफ्नो एक्लो प्रयासले मात्र अपेक्षा गरे अनुसारका कार्यहरु गर्न नसकिने हुँदा बाँकेवासी सम्पूर्ण स्थानीहरुको सहयोग चाहिने समेत उनले बताए ।


साथै अध्यक्ष शाहले एमआरआई पनि एक–दुई महिना भित्रमै सञ्चालनमा ल्याइने तयारी गरिरहेको समेत बताए । उनले समग्र अस्पतालको सेवालाई सुधार गर्दै सबै नागरिकलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्ने गरी आफूले काम गर्ने धारणा राखे ।

अस्पताल भन्ने वित्तिकै स्वास्थ्यसंग प्रत्यक्ष सम्वन्ध गाँसेको संस्था भएको नाताले पनि नेपाल जडिवुटी व्यवसायी संघले भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई स्वागत गरेको नेपाल जडिवुटी व्यवसायी संघ नेपालगन्ज बाँकेका अध्यक्ष टंकप्रसाद शर्माले बताए ।

नेपाल जडिवुटी व्यवसायी संघ नेपालगञ्ज बाँकेका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका सदस्य मिना सिद्धिकी, लुम्विनी प्रदेशका पूर्व सदस्य याकुव अन्सारी, नेपाल जडिवुटी व्यवसायी संघ नेपालगञ्ज बाँकेका सल्लाहकार तथा उद्योगपति सन्जयकुमार जैन लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तक्षशिला एकेडेमिमा अभिमुखिकरण सम्पन्न

५ श्रावण २०८०, शुक्रबार १३:५४
कोहलपुर (बाँके) : कोहलपुरमा रहेको तक्षशिला एकेडेमिमा एसईई सकेर कक्षा ११ मा भर्ना हुन आउने बिद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरणमा खोजमुलक शिक्षालाई प्राथामिकता दिईने बताईएको छ । बिद्यालयमा हुने शैक्षिक गतिबिधी तथा कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीका लागि बिद्यालयमा पढाई हुने बिषयको […]