बाघ–चितुवा जोगाउन समुदायमा आधारित चोरी शिकार नियन्त्रणमा युवा जागरण अभियान

१७ फाल्गुन २०७४, बिहीबार १९:४६
 

सदरलाइनडटकम  
१७ फागुन, नेपालगन्ज : बाँके राष्ट्रिय निकुन्जको आयोजनामा आगामी फागुन १९ गतेका दिन ‘युवाको जागरण बाघ–चितुवाको संरक्षण’ भन्ने मुल नाराका साथ समुदायमा आधारित चोरी शिकार नियन्त्रणमा युवा जागरण अभियान मनाउन लागिएको छ ।
राष्ट्रिय निकुन्ज तथा आरक्षमा रहेका बाघ चितुवा नियन्त्रणका लागि समुदायमा आधारित चोरी शिकार नियन्त्रणमा युवा जागरण अभियानको चौथो श्रृंखला बाँके राष्ट्रिय निकुन्जमा सुरु हुने भएको छ । बाघ तथा चितुवाको चोरी शिकार नियन्त्रणका लागि युवा सक्रियता बढाउने उद्देश्यले नेपाल सरकारले २०७१ असार ६ गते समुदायमा आधारित युवाको जागरणः बाघ–चितुवाको संरक्षण भन्ने अभियान मनाउन थालिएको हो ।
अभियानमा चितवन राष्ट्रिय निकन्ज, शुक्लाफाँटा राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुन्ज, पर्सा राष्ट्रिय निकुन्ज र कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र अन्तर्गत चोरी शिकार नियन्त्रण अभियानमा आवद्ध एकहजार पाँचसय युवाहरुको सहभागितामा रहने आयोजकले जनाएको छ ।
युवाहरुलाई वन्यजन्तु संरक्षण कार्यक्रम सक्रिय गराउनका साथै वातावरण सुधारका लागि समेत अभियानले प्रेरित गर्ने बताइएको छ । अभियानमा सहभागी युवाहरुले बन्यजंन्तु चोरी शिकारी नियन्त्रणका लागि युवा वर्गले निभाउन सक्ने भूमिका र पर्यापर्यटनको विकास तथा जैविक विभिधताको पर्यटनको सम्भावनाका विषयमा छलफल गर्नेछन् ।
प्रदेश नम्बर पाँचका उप–सभामुख कृष्णी थारुले अभियानको उद्घाटन गर्नेछिन् । अभियानलाई रोचक र सार्थक बनाउन संरक्षण सम्बन्धी विविन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिनुका साथै लोकगायक मिलन लामाको समेत विशेष प्रस्तुतीको समेत आयोजकले जनाएको छ ।
अभियानमा युवाहरुले राष्ट्रिय निकुन्जको विषयमा अध्ययन गर्नेछन् । छलफल गरी समुदायलाई बन्यजन्ुतको संरक्षणका  लागि समुदायको भूमिका र युवा सक्रियताका विषयमा महत्वपूर्ण सन्देश प्रवाह गर्ने बाँके राष्ट्रिय निकुन्जका निकुन्ज प्रमुख डिल बहादुर पुर्जापुनले बताए । महोत्सवका तरिकाले सम्पन्न हुने अभियानमा हात्तीसार उद्घाटन गरी पर्यापर्यटनको सुरुवात गर्ने समेत आयोजकले जनाएको छ ।

Next Post

प्रेस चौतारी र प्रेस सेन्टर बाँकेको संयुक्त होली मिलन

१७ फाल्गुन २०७४, बिहीबार १९:४६
सदरलाइनडटकम  १७ फागुन, नेपालगन्ज : असत्यमाथि सत्यको विजयका रुपमा मनाईने होली पर्व बिहीबार नेपालगन्जका पत्रकारले भव्य रुपमा मनाएका छन् । प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टर नेपाल बाँकेको संयुक्त आयोजनामा पत्रकारहरुबीचमा होली मिलन मनाइएको हो । नेकपा एमाले पार्टी कार्यालयमा भएको कार्यक्रममा बाँकेका नेता, सांसद, जनप्रतिनिध र पत्रकारहरुको सहभागिता […]