भाइटीकासँगै मधेशी समुदायमा गरियो भुर्की पूजा

यदुराज मिश्र २० कार्तिक २०७८, शनिबार १६:२७
 

नेपालगञ्ज : भाइटीकासँगै बाँकेलगायत पश्चिम तराईका जिल्लामा मधेसी समुदायमा शनिवार भुर्की पूजा गरिएको छ । दिदीबहिनीहरुले च्युरा र भुर्कीको पूजा गरेका हुन् ।

आफ्नो दाजुभाईको सुस्वास्थ्य, दीर्घायु, एश्वर्य र रक्षाको कामना गर्दै भुर्की पूजा गरिएको अवध संस्कृतिका जानकार विष्णुलाल कुमालले बताए ।

यसैगरी धनतेरसदेखि कात्तिक शुक्ल द्धितीयासम्म यमलोकको ढाको बन्द रहने भएकाले आजका दिन सूर्यपुत्र यमराज आफ्नी बहिनी यमुनाको घरमा आएर च्युरा भुर्की खाएकाले त्यही दिनदेखि भुर्की पूजन शुरु भएको किवदन्ती रहेको पण्डित शंकरदयाल मिश्रको भनाई छ ।


यस्तै जनकपुरसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइएको छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाईले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।

भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरमा एक युवकको हत्या एक गम्भीर घाइते

२० कार्तिक २०७८, शनिबार १६:२७
दाङ :  दाङको तुलसीपुरमा सामुहिक आक्रमणमा परेर एक युवकको मृत्यु हुनुको साथै एक गम्भीर घाइते भएका छन् । दाङ प्रहरीले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निबासी २० वर्षिय टोपबहादुर पुनको सो घटनामा परेर मृत्यु भएको हो । मगरको साथमा रहेका सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ का १७ बर्षीय […]