तुलसीपुरमा एक युवकको हत्या एक गम्भीर घाइते

सदरलाइन संवाददाता २१ कार्तिक २०७८, आईतवार १३:१६
 


दाङ :  दाङको तुलसीपुरमा सामुहिक आक्रमणमा परेर एक युवकको मृत्यु हुनुको साथै एक गम्भीर घाइते भएका छन् । दाङ प्रहरीले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निबासी २० वर्षिय टोपबहादुर पुनको सो घटनामा परेर मृत्यु भएको हो ।

मगरको साथमा रहेका सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ का १७ बर्षीय शंकर डाँगी गम्भीर घाइते छन् । पुरानो रिसिबीका कारण योजना बमोजिम घटना घटाइएको प्रहरीको अनुमान छ ।

स्थानीय युवाहरुको एक समुहले मदिरा सेवन पछि लाठी र धारिलो हतियार प्रहार गरि मगरको हत्या गरेको र उनको साथमा रहेका गिरीको अवस्था पनि चिन्ता जनक रहेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

‘तिहारको दिन राति मगर र गिरी संगै मगरकै घरमा थिए । उनीहरुलाई कसैले फोन गरेपछि एकै छिनमा आउँछौं भन्दै उनीहरु घरबाट निस्किएका उनीहरु त्यसपछि पाँच जना भएर जंगल नजिकै एकान्त स्थानमा गएर मदिरा सेवन गरेको देखिन्छ,’ एसपी काफ्लेले भने ‘त्यही क्रममा पुरानो रिसिबी कुरा झिकेर तीन जना मिलेर योजना बद्ध रुपमा दुई जना माथि लाठी तथा धारिलो हतियार प्रयोग गरि हत्या गरेको देखिन आएको छ ।’


एसपी काफ्लेका अनुसार घाइते मगरलाई उपचारका लागि बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का घाइते डाँगीलाई थप उपचारका लागि राति नै बाँके लगिएकोमा त्यहाँ पनि उपचार संभव नभएपछि भारतको लखनउका लागि रिफर गरिएको छ ।

उनीहरुमाथि पुरानो रिसिबीका कारण तुलसीपुर–४ कै २० बर्षीय खिमबहादुर मगर, १८ बर्षीय रेशम थापा र २१ बर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताए । आरोपित सबै फरार रहेको र उनीहरुको खोजी तीब्र पारिएको उनले बताए ।

मृतक मगर र घाइते गिरी कात्तिक ११ गते मात्रै धरौटीका रिहा भएका थिए । उनीहरु माथि डाँका मुद्दा थियो । मगर १५ हजार धरौटीमा र गिरी नाबालक नै रहेको हुँदा अदालतको आदेशले साधारण तारेखमा छुटेका थिए । उनीहरु नाताले दाजु भाइ पर्छन । एसपी काफ्लेका अनुसार उनीहरु माथि एक जना शिक्षकलाई कुटपिट गरि दाँत भाँचिदिएको एउटा र अर्कोलाई भैंसी चोरेको अभियोग थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो

२१ कार्तिक २०७८, आईतवार १३:१६
नेपालगञ्ज : आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीमध्ये दुई महिलाको सनाखत भएको छ । सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको मृत्यु भइसकेको […]